जनसम्पर्क समिति यूकेद्धारा अध्यादेश फिर्ता लिन ज्ञापन पत्र


लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले सरकारले ल्याएको दुवै अध्यादेश फिर्ता लिन ज्ञापन पत्र बुझाएको छ । लन्डनस्थित नेपाली राजदूतावास मार्फत समिति सभापति यूवराज गुरुङले मंगलबार इमेलद्धारा प्रेसित पत्रमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै दल सम्बन्धी अध्यादेश फिर्ता लिन ज्ञापन पत्र बुझाएको हो ।

मन्त्रीपरिषदले राजनैतिक बिभाजनलाई सहज तुल्याउन र संवैधानिक परिषदलाई नियन्त्रणमा राख्नेगरी गरेको विवादास्पद निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । संवैधानिक परिषदको बैठक सम्बन्धमा प्रतिपक्षी दललाई निषेध गर्ने गरी जारी गरिएको अध्यादेश संविधानको मर्म बिपरीत र गैर–प्रजातान्त्रिक चरित्रको भएको नेपाली जनसम्पर्क समिति बेलायतको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री