ननिटनमा मेगबहादुर गुरुङको अन्त्येष्ठी (फोटोफिचर)

लण्डन । पूर्व गोरखा सैनिक मेगबहादुर गुरुङको ८ अप्रिल २०२०को दिन जर्ज इलियट अस्पताल ननिटनमा कोरोना भाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा निधन भएको थियो । सन् २०१० बाट ननिटनमा बस्दै आएका गुरुङको अन्तिमसँस्कार २५ अप्रिल २०२० को दिन इ‌ङ्ल्याण्ड क्रिमाटोरियममा सम्पन्न भयो । पुर्ख्यौली घर भोग्सिङ पर्वत भइ हाल उनको परिवार चिन्नेडाँडा पोखरामा बसोबास गर्दैछ । उनको परिवारमा दुई बाबाआमा, दुई बहिनी, एक भाइ र एक छोरा छन् । उनकी श्रीमती बिना गुरुङबाहेक सबै परिवार नेपालमै छन् ।

कोरोना संक्रमणका कारण बेलायतमा अहिले अन्तिम सँस्कारको तरिका परिवर्तन भएको छ । बढीमा १०/१२ जना, प्राय परिवार र अत्यावश्यक बाहेक अन्य व्यक्तिलाई फ्यूनेरलमा प्रवेश निषेध जस्तै छ । भारइसको त्रासले मास्क र पंजा अनिवार्य लगाउनै पर्ने हुँदा मलामीहरुले एकले अर्कालाई चिन्न पनि अफ्ठेरो भयाे । त्यस्तै सामाजिक दुरी कायम गर्न दुई मिटर टाढा बस्नपर्ने नियमले शोकाकूल परिवारजनलाई सान्त्वना दिन समेत पाइएन । मलामीहरु निरुपाय भई आँखाभरि आँशु लिई टुलुटुलु हेर्न बाहेक केही उपाय थिएन ।

शब्द/ तस्वीर/ भिडियो भीम सारुबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री