जेनेभा, २१ वैशाख (रासस–एएफपी) ––कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ ।
संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति-
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ३४,८१,३४९ ११,२०,९०८ २,४४,६६३
१. युरोप १४,२४,३६४ ५,३४,७१६ १,३९,४९३
२. उत्तर अमेरिका १२,६०,६१५ २,१५,३०४ ७३,८८०
३. एसिया ५,४७,३९३ २,८४,६८२ १९,३५१
४. दक्षिण अमेरिका २,००,५६९ ६९,०६८ १०,२५९
५. अफ्रिका ४३,७३५ १६,६९८ १,७६३
६. ओसेनिया (अस्ट्रेलिया) ८,३८८ ७,१६२ ११५
दक्षिण एसियाली मुलुकहरु
१. भारत ३९,९८० १०,८१९ १,३२३
२. पाकिस्तान १९,१०३ ४,८१७ ४४०
३. बंगलादेश ८,७९० १७७ १७५
४. अफगानिस्तान २,४६९ ३३१ ७२
५. श्रीलंका ७०५ १८२ ७
६. माल्दिभ्स ५१९ १८ १
७. नेपाल ५९ १६ –
भुटान ७ ५ –