बेलायतले कोरोनाबाट गोरखाहरुलाई परेको समस्या समाधान गर्ने

लण्डन । बेलायत सरकारले कोरोना महामारीका कारण पूर्व गोरखा र उनीहरुको परिवारलाई परेको समस्यालाई गम्भीररुपमा लिई पूर्ण समाधान गर्ने वचन दिएको छ । 

नेपाली राजदूतावासलण्डनका अनुसार दूताबासले पूर्व गोरखा सैनिकहरु र उनीहरुको परिवारलाई कोरोना महामारीबाट परेका समस्याका बारेमा बेलायत सरकारलाई ध्यानाकर्षण गराएको थियो । सोको प्रत्यूत्तरमा बेलायतको रक्षा मन्त्रालयले पूर्व गोरखा सैनिक र उनका परिवारलाई गोरखा वेलफेयर ट्रष्टका तर्फबाट सहयोग उपलब्ध गराउँदै आइएको र उनीहरुको समस्यालाई गम्भीर रुपमा लिई पूर्ण जिम्मेवारीका साथ समाधान गर्ने वचनवद्धता दिएको छ । 

दूताबासले पूर्व गोरखा सैनिकहरुलाई कुनै सहयोग वा जानकारी आवश्यक भएमा उहाँहरु आफैँले वा उहाँहरुका तर्फबाट कसैले निम्न सम्पर्क नम्बर र स्थानमा सम्पर्क गर्न सकिने बताइएको छ । 

Gurkha Welfare Advice Centres-

Email at: [email protected]

Telephone; Aldershot (07882 731986 / 07886 3978890, or

Salisbury (07425629041 / 07425 629037)

प्रतिक्रिया

सम्बन्धित सामाग्री