कोभिड १९ संक्रमणबाट बेलायतमा ४० नेपालीको निधन

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड- १९) का कारण निधन हुने नेपालीहरुको संख्या ४० पुगेको छ । करीव एक लाख बसोवास गर्ने बेलायतमा कोरोना भाइरस संक्रमणका कारण निधन हुनेको संख्या ४० रहेको दूतावासले जनाएको हो ।

संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दूतावासले मंगलबार दिउँसोसम्म ४० जना नेपालीहरुको कोभिड- १९ संक्रमणबाट निधन भएको पुष्टी गरेको छ । दूतावासका उपनियोग प्रमुख शरद आरणले नेपालीको निधन संख्या अझै बढन सक्ने जनाए । उपनियोग आरणले थप नामहरु प्राप्त भएपनि पुष्टी हुन नसकेको जानकारी दिए । ‘हामीलाई केही नामहरु प्राप्त भएका छन,’ उनले भने ,’ती नामहरुलाई ‘भेरिफाइ’ गर्ने काममा हामी लागिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री