फिटनेस च्यालेन्ज: प्रवासबाट एक व्यक्ति एक किटको अवधारणा

लण्डन शारीरिक तन्दुरुस्तिका लागि नियमित दौडमा रहेका संस्थाहरुले प्रवासबाट एक व्यक्ति एक किटको अवधारणालाई अघि बढाएका छन् । नेपाल रन, नेपालसम्म दौड, धरान रन समूह र नेपाली राष्ट्रिय अन्तरास्ट्रिय खेलाडीहरुको समूह यूकेले संयुक्त रुपमा पहल अघि बढाएका हुन् । भर्खरै नेपाली राष्ट्रिय अन्तरास्ट्रिय खेलाडीहरुको समूह यूके तीन समूहसँग मिसिएको हो ।

संसारभर नियमित दौडमा लागेका नेपालीहरुको समूह नेपाल रन, नेपालसम्म दौड र धरान रन समूहले संयुक्त रुपमा शारीरिक तन्दुरुस्ती सम्बन्धि चेतना फैलाउन फिटनेस च्यालेन्ज सुरु गरिरहेको छ । शारिरीक तन्दुरुस्तिका लागि चेतना फैलाई रहेको नेपाली राष्ट्रिय अन्तरास्ट्रिय खेलाडीहरुको समूह बेलायतले पनि उक्त अभियानलाई साथ दिने छ । संघका अध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले नेपालीहरुमा शारीरिक तन्दुरुस्तीका लागि सचेतना जरुरी रहेको बताए ।

नियमित दौडसगै कोरोना महामारिको बेला एक व्यक्ति एक कोरोना टेस्ट किट अथवा एक व्यक्ति एक पीपीई नेपाल सरकारलाई सहयोग गर्न सके प्रवासी नेपाली राम्रो कुराको लागि पनि एकजुट हुन सक्छौ भन्ने शन्देश जाने छ, ‘संघका बरिष्ठ उपाध्यक्ष सुरज कार्कीले भने, ‘भावी पुस्तामा पनि मातृभूमि प्रतिको सहयोगी भावना बृद्धि हुने छ ।’ उनका अनुसार यस्तो पवित्र अभियानलाई हरेक संघ संस्था र घरदैलोमा पुर्याउन जरुरी छ ।

उक्त अभियानमा संसारका विभिन्न देशमा रहेका जुझारु नेपाली हरु स्वतः स्फुर्त रुपमा सहभागी भईरहेका छन् । च्यालेन्जको उद्देश्य अस्वस्थ्य खानपिन र आधुनिक जीवनशैलीले अल्छि बन्दै गएको शारीरिक क्रियाकलापलाई तन्दुरुस्त राख्नु हो । दैनिक ब्यायामले शरीर तन्दूरुस्त भई रोगसंग लड्ने क्षमताको विकास हुने अभियन्ता मध्येका एक सन्तोष राईले बताउँछन् । राई म्याराथन खेलाडी हुन् ।
अस्वस्थ खानपिन र रहन सहनका कारण ब्लड प्रेसर, मुटु रोग, मोटोपना लगायतका समस्याले सताउने गरेका छन् । कोरोना भाइरस संक्रमणको क्रममा दर्जनौं नेपालीहरुको हृदयाघातका कारण प्राण गरेको थियो । “शारीरिक रुपमा तन्दुरुस्त रहे रोग लाग्ने सम्भावना कम हुन्छ र साना तिना स्वास्थ्य समस्या पनि हट्छन्,” म्याराथन खेलाडी पाण्डव महतोले भने, आफु निरन्तर दौडेर नै क्यान्सर रोगलाई जितेको छु ।

एक जना बरावर १० जनालाई शारीरिक अभ्यासको फोटो वा भिडियो राख्न प्रेरित गर्ने तथा कम्तीमा १० पाउण्ड वा १० डलर वा मुट्ठी दानको रुपमा कोरोना संक्रमण सहयोग कोषमा जम्मा गरेर ‘परोपकार संस्कार’ गर्ने पवित्र उद्देश्य राखिएको अर्का अभियन्ता तथा पत्रकार जगन कार्कीले बताए । पत्रकार  कार्कीका अनुसार १० पाउण्ड भन्दा बढी सहयोग गर्न सकिने प्रावधान समेत रहेको छ ।

कोषमा जम्मा भएको रकम नेपालमा कोरोना संक्रमण रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पीपीई र कोरोना टेस्ट किट खरीदका लागि धरान रन समूहलाई जिम्मा दिइने छ । नेपालमा सहयोग वितरण सुनसरी धरान लगायत नेपालका विभिन्न स्थानमा शारीरिक तन्दुरुस्तीकोलागि दौड सन्चालन गर्दै आएको  धरान रन समूहले गर्ने बताईएको छ  ।

कसरी सहभागी बन्ने च्यालेन्जमा ?
१. शारीरिक तन्दुरुस्ती अभ्यास गरेको फोटो या भिडियो सामाजिक संजालमा राख्ने (यसको उद्देश्य देखाउन नभएर अरुलाई प्रेरित गर्नु हो)

२. दशजना आफन्त, साथीहरुलाई त्यसै गर्न नोमिनेट गर्ने । (उद्देश्य हरेक घर परिवार सम्म यो अभियान पुर्याएर सबै स्वास्थ्य रहन प्रेरित गर्ने)
३. कम्तिमा सानो रकम २ अन्जुली मुट्ठी दान अथवा १० पाउण्ड, १०० रुपैयां, १० डलर, १० रिंगीट ( भाट , १० येन , १० दिनार वा १० पैसा भए पनि सहयोग गर्ने  बढीमा १० अंकले गुणन हुने जति रकम पनि गर्न सकिने (उदेश्य मातृभूमिका लागि कम्तिमा १ कोरोना टेस्ट किट या १ स्वास्थ्यकर्मीलाई १ पीपीई स्पोन्सर गर्नु )

डोनेसनको लागि तलका ३ ओटा विकल्पहरु प्रस्तुत गरिएको छ

डोनेसनको लागि तलका ३ ओटा विकल्पहरु प्रस्तुत गरिएको छ :
१. कुनै पनि देशबाट रकम संकलन गरेर नेपाल पठाउन नेपालको नम्बर :  AC NO :  216000317001, Dharan Run Samuha – Rastiya Banjiya Bank – Dharan
२. बेलायतमा स्थानीय बैंक ट्रान्सफर गर्न सकिने बैंक डिटेल :  Nepal Run org ,  SC : 40-42-08 ,  Ac no : 12500140
३. अनलाइन ,  विश्वभरबाट पेपल या  कार्डबाट डोनेसनको लागि लिंक :
https://www.justgiving.com/crowdfunding/nepalrun-ritness-challange
प्रवासका कुनै पनि देशबाट आन्तरिक रुपमा संकलन गरि नेपालमा धरान रन समूहको खातामा पनि रकम जम्मा गर्न सकिने आयोजकले बताएका छन् ।
सम्पर्क Email : [email protected],  jnkark[email protected] 

प्रतिक्रिया

सम्बन्धित सामाग्री