बेलायतमा कोरोना संक्रमणबाट ३२ हजारको मृत्यु

corona

लन्डन । बेलायतमा कोराना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेको संख्या युरोपकै उच्च ३२ हजार पुगेको छ ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको मे २ तारिख सम्ममा  इङ्ल्याण्ड र वेल्समा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २९ हजार ६४८ जना रहेको छ । रोयटरका अनुसार सो संख्यामा नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या जोड्दा ३२ हजार ३१३ पुग्छ ।

कार्यालयले मृत्युदर्ता प्रमाणपत्रमा कोरोना भाइरस उल्लेख भएका आधारमा तथ्याङ्क राखेको बताएको छ ।

उता सरकारले सार्वजनिक गरेको तथ्याङ्क भने फरक छ । बेलायती प्रधानमन्त्री कार्यालयमा आज भएको नियमित गर्ने पत्रकार सम्मेलनमा विदेशमन्त्री डोमेनिक राबले मंगलबार सम्ममा कोरोनाबाट २९ हजार ६ सय ४८ जनाको निधन भएको जानकारी दिए ।

बेलायतमा हालसम्म कोरोनाबाट निधन हुनेको संख्या युरोपकै उच्च हो । यसअघि इटली कोरोनाबाट धेरै मानिसको निधन हुने युरोपियन मुलुकमा पर्दथ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री