बेलायतले मे अन्त्यसम्ममा दैनिक २ लाखमा कोरोना टेष्ट गर्ने

लण्डन । बेलायतले यही मे अन्त्यसम्ममा कोरोना भाइरसको टेष्ट क्षमतालाई विस्तार गरी प्रतिदिन २ लाख पुर्याउने भएको छ ।

आज बेलायती संसद हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले सो घोषणा गरेका हुन् ।

उनले भविष्यमा टेष्टलाई विस्तार गरी अझै धेरैमा पुर्याइने सरकारको योजना रहेको पनि बताए ।

सरकारले यसअघि अप्रिलको अन्त्यसम्ममा प्रतिदिन १ लाख टेष्ट गर्ने घोषणा गरेको थियो । सो लक्ष्य पूरा भयो कि भएन भन्ने बारेमा मिश्रित भनाइहरु आएका छन् ।

सरकारले घर पठाइएका टेष्ट किटसमेतको गणना गरी अप्रिल अन्त्यमा १ लाख २० हजारको टेष्ट गरिएको दाबी गरेको छ तर मे महिना शुरु भएयताका शुरुवाती तीन दिनमा सरकारले घोषणा गरेको संख्यामा टेष्ट हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री