नेपालका लागि पूर्व बेलायती राजदूत मोरिस बेपत्ता

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् । प्रहरीले उनको खोजीको लागि अपील गरेको छ ।

५२ वर्षीय मोरिस बुधबार (६ मे) बिहान १०.३० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट हराइरहेको ह्यम्पसायर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बिहान दौड्न निस्केका थिए ।

उनको परिवारले मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

प्रहरीले उनको खोजीका लागि जनसाधारणसँग अपील गरेका छन् । बुधबार साँझ एक अपील प्रकाशित गर्दै प्रहरीले ‘हामीले यसै साँझदेखि उनको खोजी गरिरहेका छौँ तर अब तपाईहरुसित पनि सहयोगका लागि अपील गर्दछौँ ।’

प्रहरीले रिचर्ड हुलिया ६ फिट अग्लो, श्वेत वर्णको, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह भएको बताइएको छ ।

उनले लामो बाहुला भएको नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।

यदि कसैसित उनको बारेमा जानकारी भए प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर ६२७ उल्लेख गर्न बताइएको छ । यसैगरी ४४२००१६०३९८ मा फोन गरी विवरण दिन सकिने प्रहरीले जनाएको छ ।

उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । सन् १९९० मा फरिन एण्ड कमनलेल्थ अफिसमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका मोरिसले यसअघि विभिन्न कूटनीतिक जिम्मेवारी निभाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री