बेलायतमा कोरोनाको खतरा मापन गर्न नयाँ प्रणाली शुरु गरिने

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन । बेलायत सरकारले कोरोना ट्र्याक गर्न कोविड १९ सतर्कता प्रणाली सुरू गर्न लागेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझसम्म सो नयाँ प्रणालीको घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उक्त प्रणालीमा कोरोनाभाइरसबाट खतराको स्तर एक देखि पाँचसम्म गरिने छ । नयाँ प्रणाली इंल्यान्डमा मात्र लागू हुनेछ । यो प्रणालीअनुसार हरियो (एक) देखि रातो (स्तर पाँच) सम्मको अलर्ट रहने छ । यो प्रणाली आतंकवादी हमलाको खतरा स्तरजस्तै हुनेछ ।

प्रधानमन्त्री जोन्सनले लकडाउनबाट राष्ट्र्ले हासिल गरेको प्रगतिका बारेमा समेत जनतालाई जानकारी गराउने छन् । प्रधानमन्त्रीले जनतालाई सचेत रहन, भाइरस नियन्त्रण गर्न, जीवन बचाउन एउटा नयाँ नारा घोषणा गर्ने अपेक्षा समेत गरिएको छ । जुन ‘सचेत रहौं, कोरोना भाइरस नियन्त्रण गरौं, जीवन बचाउँ’ रहने बताइएको छ ।

बेलायतले गत मार्च अन्तिम साता पहिलो पटक घोषणा गरेको लकडाउन प्रधानमन्त्रीद्वारा धेरै परिमार्जन गरिने अपेक्षा गरिएको छैन।  प्रधानमन्त्री जोन्सनले हाल बेलायत कोरोना भाइरसबाट हुने खतराको चौथो चरण रहेको र तेस्रो चरणतर्फ अघि बढिरहेको बताउने छन् ।

भाइरसबाट उत्पन्न हुने खतराका बारेमा विभिन्न चेतावनी उपकरणका आधारमा एक नयाँ संयुक्त जैव सुरक्षा केन्द्रले निगरानी गर्नेछ । केन्द्रले देशको विभिन्न भागहरुमा भाइरसको खतरा प्रतिबिम्बित गर्दछ र एक शहरको खतराको स्तर अर्को भन्दा फरक हुन सक्छ ।

प्रधानमन्त्रीले बेलायतले भाइरस बिरुद्धको लडाईको सबैभन्दा उच्च चरणमा पार गरिसकेको बताएका थिए । उनले हिमाल चढ्नुभन्दा ओर्लनु चुनौतीपूर्ण हुने भन्दै बाँकी दिनहरुप्रति सचेत बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री