बेलायती महारानी कोभिड-१९ को भ्याक्सिन नआएसम्म क्वारेन्टाइनमै बस्ने

queen

लण्डन । बेलायतकी महारानी एलिजाबेथले वर्षभरिका सार्वजनिक कार्यक्रम स्थगन गरेकी छिन् ।

कोभिड -१९ संक्रमणबाट जोगिन उनले आगामी एक वर्षका सार्वजनिक कार्यक्रम स्थगन गरेकी हुन ।
श्रीमान राजकुमार फिलिपसँग बस्दै आएकी ९४ वर्षिया महारानी एलिजावेथ कोभिड-१९ को जोखिमका कारण सार्वजनिक हुने छैनन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खुकुलो पार्ने तीन चरणको ससर्त योजना सार्वजनिक गरेसँगै भ्याक्सिन पत्ता नलागेसम्म महारानी एजिलावेथ आफ्नै निवास वीन्जर क्यासलमा रहने र कुनै पनि सार्वजनिक कार्यक्रममा सरिक नहुने बेलायती पत्रिका डेली मेलले जनाएको छ ।

महारानी आगामी दिनमा टेलिभिजन र भिडियो मार्फत सार्वजनिक हुन सक्नेछिन् । तर अन्य समारोहमा आगामी समरसम्म सरिक रहने कुनै संभावना नभएको शाही परिवारका बायोग्राफर एन्ड्रेव मोरटनले सन पत्रिकालाई बताएका छन् ।
मानिसहरुसँग प्रत्यक्ष भेटघाट गर्न रुचाउने भएता पनि उनका श्रीमान् राजकुमार फिलिप अर्काे महिना ९९ वर्ष टेक्न लागेकाले जोखिम बढने संभावना रहेको उनले बताए । यसअघि बकिङघम प्यालेसका प्रवक्ताले महारानी हरेक हप्ता फोनमार्फत प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहने बताएकी थिइन् ।

महारानी वीन्जर क्यासल बसेपछि बकिङघम प्यालेस २७ वर्षमा पहिलो पटक यस समर मौसममा बन्द हुन लागेको हो ।

windsor castle

Windsor Castle Credit: Rex Features

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री