धनमायालाई कतै देख्नु भयो कि ?

लण्डन । दक्षिण पूर्वी लण्डनको प्लमस्टिडबाट एक नेपाली महिला आइतबार दिउँसोदेखि हराएकी छिन् ।

प्लमस्टिडस्थित निवासबाट दिउँसो १.४५ बजे बाहिर हिँड्न निस्किएकी ६५ वर्षीया धनमाया थापा हालसम्म घर नफर्किएको उनका श्रीमान् रेवतबहादुर सिंजाली थापाले बताए ।

” म १५/२० मिनेट हिँडेर आउँछु’ भनिन् । मैले पनि यतिन्जेल लकडाउनले कोठामै थुनिएर बस्नुपरेको छ । हुन्छ नि त बाहिर गएर फ्रेस हुन्छ कि भन्ने सोचेँ”, थापाले भने ।

त्यसको १५ मिनेटपछि फोन गरेर ‘पानी पर्न लाग्यो सुकाएको लुगा उठाउनु’ भनेर उनले फोन गरेको थापाले बताए । त्यसको १५ मिनेटपछि फोन गर्दा उनले फोन उठाइनन् । थापाले सोचे घर आउँदै होला त्यसैले फोन नउठाएको होली । तर अरु १५ मिनेटमा पनि नआएपछि उनले फेरि फोन गरे । तर फोन फेरि उठेन । त्यसपछि थापा श्रीमतीलाई खोज्न निस्किए तर उनले जान्छु भनेको ठाउँतिर पाइएन । थापा फेरि साथी लिएर खोज्न गए तर उनी भेटिइनन् ।

उनले प्रहरीलाई खबर गरे । प्रहरीले उनका बारेमा विस्तृत विवरण लिएर गएको थापा बताउँछन् ।

श्रीमतीले उच्चरक्तचाप बाहेक अरु केही औषधि नलिने र कुनै बिमार नरहेको थापाले जानकारी दिए ।

श्रीमती थापाले रातो स्वेटर, पहेँलो पहेँलो लुङ्गी, चप्पल र चश्मा लगाएकी छिन् । उनले घरबाट निस्केर केही साथीलाई र उनको शिक्षिकालाई फोन गरेको बुझिन आएको थापाले बताए ।

थापाको ३ छोरा नेपालमा छन् भने एक छोरा लण्डनमा सँगै छन् । थापा ग्रीनीच एक्स सर्भिसमेन एसोसिएसनका उपाध्यक्ष हुन् ।

श्रीमती थापाको बारेमा जानकारी भएमा श्रीमान रेवतबहादुर थापा ०७८ ४८८० ४४४९, हरिकुमार मल्ल (जीगेसा महासचिव) ०७४ ००५६ ०११४ र लीलादेवी गुरुङ (पूर्व अध्यक्ष जीगेसा) ०७९ ७१२५ ४७८३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री