बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६० पुग्यो

corona

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ ।

लण्डनस्थित नेपाली राजदूताबासले सोमबार दिउँसो सो जानकारी दिएको हो ।

यसरी मृत्यु हुनेमा ५० जना पुरुष, १० जना महिला रहेका छन् ।

यसैगरी, मृतकहरुमा ४९ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको बताइएको छ ।

यसअघि दूताबासले सार्वजनिक गरेको तथ्यांकमा ४४ जनाको निधन भएको बताइएको थियो ।

दूताबासका प्रवक्ता शरदराज आरनले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिकका संस्थाहरु तथा बेलायत सरकारले उपलब्ध गराएको तथ्यांकलाई पुनर्पुष्टी गरेर नयाँ तथ्यांक सार्वजनिक गरिएको बताए । उनले अरु थप पाँच जनाको पुनर्पुष्टी हुन बाँकी रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री