बेलायतमा कोभिड १९ संक्रमणबाट निधन हुनेमा कम दक्ष कामदार

लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेमा कम दक्षहरु कामदारहरु बढी रहेको देखाएको छ । बेलायतस्थित राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कम दक्षता भएका व्यक्तिहरु कोरोना संक्रमणबाट निधन भएको अंग्रेजी पत्रिका द सनले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट निधन हुनेहरुमा प्रायजसो  ट्याक्सी चालक, पसलमा कार्यरत मजदूर, होटल वा रेस्टुरेन्टको सेफ र सेक्युरिटी गार्डहरु रहेका छन् । तीमध्ये पुरुष सेक्युिरिटी गार्ड अरुको तुलनामा  पाँच गुणा बढी उच्च जोखिममा रहेको बताइएको छ । यस्तैगरी, बस र कोच चालकमा अरुमा भन्दा दुई गुणा बढी संक्रमण रहेको  तथ्यांकले देखाएको छ ।
कोरोना संक्रमणमा पर्नेमा अन्य कम दक्ष कामदारहरुमा निर्माण क्षेत्र र सरसफाइमा काम गर्नेहरु अरुभन्दा चार गुणा बढी जोखिममा छन् ।

बेलायतमा कम दक्ष नेपाली कामदारहरु अधिकांश क्लिनिङ र सेक्युरिटी उद्योगमा काम गर्ने गर्दछन् । अरु कामभन्दा सजिलो र लामो कार्यअवधिका कारण पैसा राम्रै पाइने भएकाले यी क्षेत्र आकर्षण बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री