एनआरएनए यूकेद्धारा नेपाली भूमि अतिक्रमणको विरोध


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भारतद्धारा नेपाली भूभाग लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरिएकोकोमा विरोध गरेको छ ।

एनआरएनए यूकेद्धारा बुधबार जारी विज्ञप्तीमा एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको विरोध गरेको हो । यसअघि गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्र्यि परिषद् अध्यक्ष कुमार पन्तले विज्ञप्ती जारी गरी कडा विरोध गरेका थिए । बिज्ञप्तीमा भारतले नेपाली भूमि लिम्पियाधुराको प्रयोग गर्दै तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै नेपाली सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको ठहर एनआरएनए यूके छ । नेपाली सीमामा हुदै आएको भारतीय गतिविधि बन्द गर्न माग गर्दै एनआरएनए यूकेले नेपाल सरकारलाई सीमासम्बन्धी विवाद कूटनैतिक तथा उच्च राजनैतिक माध्यममार्फत समाधानको पहल गर्न सुझाएको छ । विज्ञप्तीमा नेपाल सरकारले उठाउने सीमा सम्बन्धी बिषय कदममा साथ रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री