बेलायतमा एन्टी बडी टेस्ट ‘कोरोना पासपोर्ट’ हुने आसा

borisa jonson

प्रधानमन्त्री जोनसन

लण्डन । बेलायतको पब्लिक हेल्थ इंग्ल्याण्डले शारीरिक प्रतिरक्षा प्रणाली (एन्टी बडी टेस्ट)लाई सम्बन्धन दिएको छ ।
मानव शरीरमा कोभिड १९ सँग लडने प्रतिरक्षात्मक प्रणाली विकास भए वा नभएको यो रगत परीक्षणबाट प्राप्त गर्ने सकिन्छ ।
अहिलसम्म अधिकारीहरुले यो विधिलाई प्रभावकारी मानेका थिएनन् । बेलायत सरकारले केही समय पहिल १६ मिलियन खर्च गरेर ल्याएको यो टेस्ट बिधिको बिस्वोसिनियतामा प्रश्न उठेको थियो ।
अहिले यो विधि  रोज टेस्ट नामबाट स्विस औषधि उत्पादन कम्पनि ले बाहिर ल्याएको  छ । यो बिधि सत प्रतिशत प्रभावकारीता हुनेमा वैज्ञानिकहरु ढुक्क भएको विविसिले जनाएको छ । प्रतिरक्षात्मक प्रणाली मानिसको शरीरमा हुने इम्यून सिस्टम  प्रतिरोध क्षमता भए वा नभएको पत्ता लगाउन सक्छ । यसको जांचबाट मानिसलाई पहिल्यै कोरोना भाइरस संक्रमण भए वा नभएको र शरिरले कोरोनाको आक्रमणसंग लडे/ नलडेको थाहा पाउन सकिन्छ । यसलाई बेलायती अधिकारीहरुले कोरोना पासपोर्ट नाम पनि दिएका छन् । यसको अर्थ कोरोनाको बिरोध मा प्रतिरक्षात्मक प्रणाली उत्पन्न मानिस निसंकोच बाहिर आवत जावत गर्न मिल्ने कुरा अधिकारी हरु बताउछन् ।
सरकारी अधिकारीहरुका अनुसार कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको वा नभएको यो विधिले सजिलै पत्ता लगाउन सक्छ  । यो एन्टी बडी टेस्ट विधिलाई यूरोपको स्वास्थ्य नियामक अधिकारीहरुले कार्यान्वयनका लागि केहि दिन अघि सम्बन्धन दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमण नियन्त्रणका लागि यो विधि माइलस्टोन हुने विश्वास व्यक्त गरेका छन । यद्यपी, विश्व स्वास्थ्य संगठनबाट यसको प्रभावकारीता बारेमा पुष्टी गर्न भने बाँकी छ । केही साताभित्रै विश्व स्वास्थ्य संगठनले पुष्टी गर्ने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री