भीसी थापाको सालिक निर्माणार्थ इन्टेक २००० द्वारा ११६० को चेक हस्तान्तरण

फार्नवरो । ग्रेटर रशमोर नेपाली कम्युनिटीको प्रोजेक्ट भीसी कुलबीर थापाको सालिक निर्माणार्थ इन्टेक २००० द्वारा १ हजार १ सय ६० पाउण्ड आर्थिक सहयोग प्रदान भएको छ । शुक्रबार स्थानीय रशमोर बरो काउन्सिलको प्रांगणमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई इन्टेक २००० डव्लुओवन (आरएसएम) गिरी लिम्बुले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेलबासे, सल्लाकार एवं प्रोजेक्ट संयोजक मेजर खिम गौचन, सल्लाहाकार टाम ढेगा, कोषाध्यक्ष टोप पल्ली र इन्टेक २००० का सारजन तथा इन्टेक सेक्रेटरी आनन्द राईसमेतको उपस्थिति रहेको महासचिव प्रमिला राईले जनाइन् ।

सो चेक हस्तान्तरण कार्यक्रममा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट सर्तक रहन सरकारको निर्देशिका अनुसार सामाजिक दूरीलाई बिशेष ध्यान दिइएको थियो । गोर्खा मेरोरियल प्रोजेक्ट र ग्रेटर रशमोर नेपाली कम्युनिटीले दाताप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री