नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक मृत्यु

corona

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभएको छ ।

नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो ।

यसैबीच आज फेरि दुई जनामा संक्रमण देखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मृत महिला र दुई अर्का नयाँ गरी संक्रमितको संख्या २८१ पुगेको छ । उहाँका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य भएको र ती स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । मेलम्ची– प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा मृत्यु हुनुभएका बाह्रबीसे नगरपालिका –९ राम्चेका सुत्केरीमा कोरोना पोजेटिभ देखिएको र निधन पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आउँदा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँका अनुसार सम्बन्धित स्थान र जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टका तर्फबाट बन्द गरिएको छ । सम्बंधित ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्रयाक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने छ । धैर्य र सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जलिका साथ बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उनको पशुपतिमा रहेको विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

 

 

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री