बेलायतमा एक नेपालीको घरमा आगलागी

लण्डन । नेपालीहरुको जनघनत्व रहेको फार्नबरोमा एक नेपालीको घरमा आगलागी भई क्षति भएको छ । शुक्रबार दिउँसो पूजा गर्ने क्रममा बालिएको बत्तीबाट खगराज थापाको घर आगलागी भएको हो । फार्नबरोको ‘कर्मादन क्लोज’ स्थित घर थापाको भएको रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसीले जानकारी दिएका छन् ।

घरको उपल्लो तलाबाट सुरु भएको आगलागीले भुईंतलामा समेत ठूलो क्षति पुगेको थियो । केसीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन् । परिवारका सबै सदस्य सकुशल छन् । तर, सामानहरु जलेर नष्ट भएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री