क्योकुसिन एडभान्समेन्टको अध्यक्षमा भीमसेन कार्की

जीएनएन , लण्डन – बिश्वभर रहेका नेपाल क्योकुसिन करातेका पुर्वखेलाडीहरुको संस्था युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टको अधिवेसनबाट अध्यक्ष पदमा भीमसेन कार्की चुनीएका छन । अनलाइन कन्फरेन्स मार्फ़त यहि मे १७, आइतवारका दिन प्रथम अधिवेसन अधिवेसनबाट संस्थाको अध्यक्ष पदमा कार्की चुनीएका हुन । बिगत दशक भन्दा बढ़ी देखी क्यानाड़ामा बस्दै आएका कार्की पुराना अन्तर्राष्ट्र्यि खेलाडी हुन । आफ़्नो समयका रास्ट्रिय-अन्तर्राष्ट्र्यि रूपमा किर्तिमानी कार्की क्योकोसिनका ५ डान हुन ।

अधिवेसनले उपाध्यक्षमा बेलायत निवासी पूर्वअन्तर्राष्ट्र्यि खेलाडी सुरज कार्कीलाई उपाध्यक्षमा चुनेको छ । उनी वर्ल्ड च्याम्पियनमा तेस्रो मेडल ल्याउने किर्तिमानसहित ग़ोर्खा दक्षिण बाहु पदकबाट बिभुषित खेलाडी हुन । त्यस्तै गरेर अर्का उपाध्यक्ष सुरज श्रेष्ठ पनि ३ डान अन्तर्राष्ट्र्यि फाइटर हुन । अस्ट्रेलियामा बसोबास गर्दै आएका श्रेष्ठ  बिभिन्न किर्तिमन सहित अन्तर्राष्ट्र्यि छवि बनाएका छन । कार्यसमितिको महासचिवमा अमेरिका निवासी मोहन बिष्ट , कोषाध्यक्षमा इन्द्रबहादुर मल्ल रहेका छन ।

बोर्ड मेम्बरहरूमा बहराईनबाट धनबहादुर लामा, अस्ट्रेलियाबाट श्रीराम केसी ,बहराईनबाट ज्ञानबहादुर तमाङ तथा बेल्जियम बाट सुदर्शन सिम्खडा निर्वाचित भएका छन । यूएनकाका अनुसार क्योकुशिन करातेका नेपाली खेलाडी बिश्वका ७२ राष्ट्र्मा छन भने हाल अधिवेसन सम्पन्न बोर्डमा १९ जनाको समिति रहेको छ । नेपाली फुल कन्ट्याक्ट करातेको बिकास तथा खेलाडीहरुलाई उर्जा दिने उद्देश्यले २०१९ मा यूएनकाको स्थापना भएको थियो । कराँतेको माध्ययमबाट एकै भएका र  सँसारभर रहेका क्योकुशिनका खेलाडीहरुको एक आपसको माया, सम्मान र मित्रतालाई कायम राख्दै, नेपालमा वा विदेशमा यस खेलसँग सम्बन्धित खेलाडी तथा प्रशिक्षकहरुलाई सल्लाह, हौसला र सम्मान दिनु संस्थाको मुख्य उद्धेश्य रहेको बताईएको छ । कार्कीको पहलमा गत साता कोरोना लकडाउनसंग़ै भारतमा अप्ठेरोमा परेका क्योकुशिन खेलाडीलाई आर्थिक सहयोगको पहल भएको थियो । रास्ट्रिय -अन्तर्राष्ट्र्यि खेल खेल्न धेरै अभाव र असहयोग झेल्न परेको भएता पनि सम्भावना भएका खेलाडिलाई अवसरको खोजी र सहयोग गर्न बिश्वभरबाट संघको संजाल लागी पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री