तीन सातादेखि बेपत्ता राजदुत मोरिसको नयाँ तस्वीर सार्वजनिक

लण्डन । विगत तीन सातादेखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको खोजीका लागि नयाँ तस्वीर प्रहरीले सार्वजनिक गरेको छ ।

बीबीसीका अनुसार बेलायतको गुप्तचर प्रहीले नयाँ तस्वीर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ तस्वीर नेपालमा खिचिएको छ ।

बेलायतका तर्फबाट फिजीको हाइकमिश्नर भएर यही जुलाईबाट कार्यभार सम्हाल्ने तयारीमा रहेका मोरिस यही मे ६ तारिखदेखि बेलायतमा आफ्नो घर नजिकबाटै हराइरहेका छन् ।  उनी दौड्न निस्किएको बताइएको छ ।

प्रहरीले स्थानीय एलिस हल्ट ज‌ंगलमा जाने मानिसहरुलाई सचेत रहन भनेको छ । उनको खोजी सोही क्षेत्रमा गरिएको थियो । ५० जनाको टोलीमा खोजविन टोलीका विज्ञहरु, प्रहरीको कुकुर, घोडा तथा ड्रोनको समेत प्रयोग गरिएको थियो ।

पूर्वी ह्यामसायर प्रहरीका इन्सपेक्टर आलेक्स रेडिङले इलिस होल्ट ज‌ंगल र नजिकैको इसिंगटन रोडमा नियमित रुपमा जाने मानिसहरुलाई सतर्क रहन अनुरोध गरेका छन् ।

५२ वर्षीय तीन सन्तानका पिता मोरिसले दौड्न निस्कँदा नीलो कमिज, कालो हाफपाइन्ट र नीलो जुत्ता लगाएको बताइएको छ । श्वेत वर्ण उनको अनुहारमा जन्मजात रातो दाग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री