पब्लिक हेल्थ इंग्ल्याण्डलाई नेपाली भाषामा सूचनाहरु उपलब्ध गराउन आग्रह

लण्डन । एनआरएनए यूकेले पब्लिक हेल्थ इंग्ल्याण्डलाई नेपाली भाषामा सूचनाहरु उपलब्ध गराउन आग्रह गर्दै पठाएको पत्रको सकारात्मक जवाफ आएको छ । यस अभियानका संयोजक एवम् उपाध्यक्ष कँडेलले गत २० अप्रिलमा पठाएको पत्रको जवाफ स्वरुप २२ मे मा लेखिएको पत्र बुधबार आइपुगेको हो ।

नेपाली भाषामा सूचना उपलब्ध गराउनका लागि गरिएको एनआरएनए यूकेको आग्रह बारे आवश्यक निर्णय लिन बेलायत सरकारको केन्द्रीय सञ्चार समुह (सेन्ट्रल कम्युनिकेसन टीम) मा पठाइएको जानकारी पब्लिक हेल्थ इंग्ल्याण्डले गराएको छ ।

यससम्बन्धी कुनै पनि निर्णयका विषयमा उक्त समुहबाट एनआरएनए यूकेलाई सिधै खबर गरिने जानकारी दिएको उपाध्यक्ष कंडेलले जनाए । पत्रमा बेलायतको लागि गोर्खाहरुले गरेको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको स्वास्थ्य सुरक्षालाई महत्वका साथ लिइने उल्लेख गरिएको छ । बेलायतमा भूतपूर्व गोर्खासहित धेरै नेपालीलाई अंग्रेजी भाषा नबुझेका कारण समस्या भएपछि एनआरएनए यूकेले आवश्यक सूचना नेपालीमै उपलब्ध गराउने पहल थालेको छ । जुन अभियानको संयोजन उपाध्यक्ष नारायण कँडेलले गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री