तमु धिं लन्डन इकाईद्वारा ३ हज़ार मास्क र ५०० सेनीटाइजर वितरण


  1. लन्डन । लन्डनमा लकडाउन खुकुलो हुँदै गर्दा विशेष गरी काममा जाने यात्रीहरुको चाप बढदै गरेको अवस्थामा दैनिक मास्क र सेनिटाइजर अति आवस्यक पर्ने भएकोले लण्डन एरियामा तमु धिं लण्डन इकाईले आफ्ना सदस्य लगायत नेपालीहरुलाई मास्क र सेनीटाइजर वितरण गरेको छ ।
    लकडाउन पछि अहिलेको परिस्थितिमा झनै मास्क र सेनीटाइजरको आवस्यकता आवस्यक महसुस भएकोले तमुधी लण्डन इकाइले वेस्ट लण्डनमा शनिबार ३,००० थान मास्क तथा ५०० पिस सेनीटाइजर वितरण गरेको हो ।
    साथै अहिलेको परिस्थितिलाई मध्येनजर राखी तमु धिं लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङको निर्देशन र उपाध्यक्ष बिष्णु गुरुङको नेतृत्वमा लण्डन भित्रका आफ्ना सदस्यहरु र नेपाली समुदाय भित्र पर्न सक्ने आवश्यक सहयोगको निमित्त पाँच सदस्यीय समिति गठन गरी  हेल्प लाइन नम्बर उपलब्ध गराइ २४ सै घन्टा आवस्यक सहयोगको लागि खटिएका छन् ।
    यी सबै कार्यमा आमा समूहकी अध्यक्ष डिलमाया गुरुगं र  कार्यसमितिका सदस्यहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री