नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले अनलाइन कक्षामा विश्वभरका बालबालिकालाई जोडदै

लन्डन । लन्डनस्थित नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्टओकले बेलायतभरका बालबालिकालाई समेट्न अनलाइन गुगल कक्षा संचालन द्ई साता अघिदेखि सुरु गरेको छ । डायस्पोराका बालबालिकालाई अनलाइन मार्फत नेपाली भाषा र सस्कृति सिकाउन अनलाईन कक्षा सुरु गरेको केन्द्रका अध्यक्ष सुमन प्रधानले जानकारी दिएका हुन । अध्यक्ष प्रधानका अनुसार गुगल कक्षामार्फत संसारभर जोड्न सकिने भएकाले यसैलाई अघि बढाइने  छ । ‘बेलायतमै जन्मिएका नेपाली बालबालिकाले नेपाला भाषा र सस्कृति भन्ने हाम्रो ध्येय हो’, प्रधानले भने । कोरोना संक्रमणका कारण गत मार्च तेस्रो साता बेलायत लकडाउन परेपछि अचानक केन्द्रले स्थानीय बालबालिकाका लागि हरेक शनिवार संचालन गर्दै आएको नेपाली कक्षा संकटमा परेको थियो ।
‘अभिभावकहरुवीच व्यापक छलफल पछि नयाँ पुस्तालाई नेपाली भाषा र सस्कृतिसँग जोडिरहन अनलाईन कक्षा संचालनको निर्णयमा पुगेको हौं,’ केन्द्रका अध्यक्ष प्रधानले भने । उनका अनुसार कक्षा संचालन अघि अभिभावकहरुले आर्थिक सहयोग जुटाएर पनि बालबालिकालाई नेपाली भाषामा जोडिरहनु पर्नेमा जोड दिएपछि अनलाइनको कन्सेप्ट अघि बढेको छ । केन्द्र च्यारिटेवल संस्था भएकाले गुगलले कक्षा संचालनका लागि निःशुल्क पहुंच दिएको छ ।
कोरोनाका कारण अनिश्चितकाल स्थानीय भएको शनिवारका कक्षा संचालनमा आएपनि अनलाईन कक्षालाई निरन्तरता दिने पक्षमा केन्द्र रहेको छ । ‘हामीले अनललाईन कक्षा मार्फत संसारभरका बालबालिकालाई नेपाली भाषा र सस्कृति सिकाउने छौं भने स्थानीय बालबालिकालाई भौतिक रुपमा भेटघाट गरेरै सिकाउने छांै’, प्रधानले भने, ‘हामीले कक्षा संचालनका लागि स्यायी रुपमा कक्षा उपलव्ध गराउन बन्टओक काउन्सिलमा निरन्तरत प्रायस गरिरहेका छौं । मलाई विश्वास छ, त्यो काममा हामीलाई सफलता मिल्नेछ ।’

बालबालिकाले हरेक शनिवार १० देखि १२ बजेसम्म अनलाइन कक्षा लिइरहेका छन । समूहगत रुपमा दुई वा तीन समूह बनाएर अनलाईन कक्षा संचालन भैरहेका छन । जसमा नयाँ विद्यार्थी र पुराना विद्यार्थीहरुको छुट्टाछुट्टै समूह छ । राज्य डंगोल मूख्य शिक्षिका रहेको कक्षामा करीव २५ जना बालबालिका कक्षामा सकृय रुपमा सहभागी छन । शिक्षिका डंगोललाई वसन्त सिलवाल र भोला पनेरुले सहयोग गरिरहेका छन । भाषा बाहेक नेपाली संगीतमा उमेश खड्काले प्रशिक्षण दिने गरेका छन । कक्षा सुरु हुनुअघि शुम्भु आचार्यले योगा समेत सिकाइ रहेका छन । केन्द्रले सन् २०१६ देखि बालबालिकालाई निरन्तर नेपाली भाषा कक्षा चलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री