सृजनशील नेपाली समाज यूकेद्वारा चौरजहारी घटनाका पीडित परिवारलाई सहयोग

लण्डन। रुकुम पश्चिम चौरजहारी सोती घटनाका पीडित परिवारलाई सृजनशील नेपाली समाज यूकेले तीन लाख आर्थिक सहयोग गरेको छ । जातीय छूवाछूतका नाममा भएका अमानविय कार्यबाट ज्यान गुमाउनेहरुको परिवारलाई सृजनशील नेपाली समाज यूकेले प्रतिव्यक्ति ५० हजारका दरले उक्त सहयोग गरेको हो । सो घटना छानविन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय समिति समेत निर्माण भैसकेको छ ।

भेरी नगरपालिका प्रमुख सीपी घर्ती मगरको अगुवाई सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । पीडित परिवारले सहयोग गर्ने सृजनशील नेपाली समाज यूकेका संस्थापक शेर सुनार र अध्यक्ष भक्त बहादुर दर्जी लगायत सम्पूर्ण कार्यसमितिप्रति आभार प्रकट गरेका छन ।

जेठ १० गते रुकुम पश्चिममा भएको घटनामा दुःख व्यक्त गर्दै संविधान र कानून अनुरुप दोषीलाई चाँडो भन्दा चाँडो कारबाही गर्न समेत संस्थाले माग गरेको छ । सोतीमा भएको घटनामा ६ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । सो घटनाको प्रहरीले पनि छानविन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री