राई संयुक्त राष्ट्रसङ्घ आर्थिक समितिको अध्यक्षमा निर्वाचित

 

राई उम्मेदावरी दिदै

न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई निर्वाचित भएका छन। नेपालका तर्फबाट राष्ट्रसङ्घका स्थायी प्रतिनिधि राई उक्त पदमा सर्वसम्मत निर्वाचित भएका हुन।

संयुक्त राष्ट्रसङ्घस्थित नेपाली नियोगद्वारा बिहीबार जारी बिज्ञप्तिमा महासभाको ७५ औँ सत्रअन्तर्गत भएको निर्वाचनमा आर्थिक तथा वित्तीय समितिको अध्यक्ष पदमा राई निर्वाचित भएका हुन। बिहीबार भएको निर्वाचनमा निर्वाचित भएको उल्लेख छ। राष्ट्रसङ्घका छ वटा समितिमध्येको यो एक महत्वपूर्ण समिति हो । यसको कार्यकाल एक वर्ष हुने बताइएको छ। यसले विशेष गरी विश्वको समग्र अन्तर्राष्ट्रिय विकाससँग जोडिएका विविध गतिविधिसँग सम्बन्धित रहेर काम गर्छ ।

बिज्ञप्तिमा समितिले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि आर्थिक सहयोग, भूमण्डलीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि आईसीटी, मौसम परिवर्तन, प्रकोपजस्ता र आर्थिक मामिलासम्बन्धी काम गर्छ । विकासशील, अतिकम विकसित तथा साना टापु राष्ट्रजस्ता देशहहरूले सामना गरिरहेका विकासका विभिन्न मुद्दाहरूमा पनि यसले काम गर्छ । यो अवसर नेपालको लागि पहिलो पटक हो । पछिल्ला वर्षहरूमा नेपाल विभिन्न बहुपक्षीय मञ्च तथा विभिन्न जिम्मेवारीहरू सहितको प्रक्रियामा सक्रिय रहेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको काममा थप योगदान पुर्याएर नेपालले आफ्नो सकारात्मक भूमिकालाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने महत्वपूर्ण अवसर रहेको विज्ञप्तिमा जनाएको छ । साथै एसिया प्यासिफिक समूह (एपीजी) का सदस्यहरूले नेपालका स्थायी प्रतिनिधि राईलाई समर्थन गरेकोमा र सबै सदस्य राष्ट्रहरूप्रति नेपालमा उनीहरूको विश्वास र विश्वास पुनःस्थापना गरेकोमा नेपाल कृतज्ञ रहेको राष्ट्रका लागि नेपाली नियोगले विज्ञप्तमिा उल्लेख गरेको छ ।

राई मार्च २०१९ देखि नेपालको स्थायी प्रतिनिधिको रूपमा न्युयोर्कमा कार्यरत छन् । यसभन्दा पहिले दक्षिण अफ्रिकामा नेपालका राजदूत र नेपालको विदेश मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री