लण्डनमा एलपि भानु शर्माको प्रवचन

लण्डन । जीवन योग प्रयोगशाला प्लमस्टेडले आगामी २१ जुन आइतबार सेक्रेट्स स्प्रिचुयल ट्रान्सफरमेसन बिषयमा एक प्रवचन कार्यक्रम गर्ने भएको छ । छैटौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जीवन योग प्रयोगशालाले नेपालमा रहनु भएका जीवन विकास विशेषज्ञ एल पि भानु शर्माबाट योग प्रवचन गर्न लागेको हो ।
बेलायतस्थित प्रशिक्षक सरिता शर्माकाअनुसार आइतबार जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ शर्माले मावन जीवनमा योगको महत्व बारेमा भिडियो मार्फत प्रवचन दिन कार्यक्रम तय भएको छ । बेलायतको समयअनुसार १०:४५ बजे विहान प्रवचन कार्यक्रम तय गरिएको छ ।योग साधनामा इच्छुक सबैलाई आगामी २१ मा गरिने ‘जुम’ विशेष कार्यक्रममा निमन्त्रणा उनले गरेकी छिन ।  विशेष कार्यक्रमको ‘जुम’ मिटिङद्वारा सबैलाई जोडने प्रशिक्षक शर्माले जानकारी दिइन । यसबारेमा विस्तृत विवरण चाहनेले फेसवुक मार्फत जोडिन उनले यूकेवासी नेपालीलाई अनुरोध समेत गरेकी छिन । सो योग प्रवचनका फेसवुक लाइभ पनि गरिने छ ।

जीवन विज्ञान अन्तर्गत रहेको जीवन योग प्रयोगशाला हरेक दिन विहान लण्डनमा संचालन भैरहेको प्रशिक्षक शर्माले बताएकी छन । गत फ्रेवुअरीमा साउथ इस्ट लण्डनको प्लमस्टेडबाट सुरु भएको जीवन योग प्रयोगशाला ‘जुम’ अनलाईन मार्फत  दैनिक संचालन भैरहेको छ । योग प्रयोगशालामा झण्डै ५० जना योग प्रशिक्षणका लागि जोडिने गरेको प्रशिक्षक शर्माले बताइन।

‘हामीले कोरोना संक्रमणको महामारीको निराशजनक अवस्थामा नेपालीहरुलाई स्वास्थ बनाउन र उनीहरुलाई चिन्ताबाट मुक्त गराउन जीवन योग प्रयोगशाला मार्फत योगामा जोडिरहेका छौं,’ प्रशिक्षक शर्माले भनिन्, ‘बेलायतवासी नेपालीलाई  यसबारेमा  बढी भन्दा बढी ज्ञान बाड्ने योजना छ ।त्यसका लागि जीवन योगको फेसवुक पेज वा मलाई फेसवुकमा म्यासेज गर्नुहोस ।’ उनले  निःशुल्क योग प्रयोगशाला चलाइको बताइन । अहिले हरेक विहान साढे ६ बजे नियमित रुपमा जीवन योग सिकाइ रहेकी छिन । ‘बढी भन्दा बढी व्यक्तिहरुले योगका बारेमा जानकारी पाउँन र योग मार्फत स्वास्थ रहुन भन्ने मेरो चाहाना छु,’ प्रशिक्षक शर्माले भनिन् ।

आइतबारको प्रवचनमा सहभागी हुन तलको लिंक मार्फत म्यासेज गर्न आग्रह शर्माले गरेकी छिन :

https://www.facebook.com/sarita.sharma.3517563?__tn__=%2CdlC-R-R&eid=ARDnPDpmVCUMDUjufqN_4mDf2EG2BnoPYTWHbtG2WBB0UryDuO7Ays5ZL4FSoVC4m0PeBRmeB90R3oYn&hc_ref=ARQbGKUtiP3LYEOk9stlYae6SKQZapc-z2TXN8Ne0FJQfQ0wk_Walh8qiZuvX0N5W6Q

प्रतिक्रिया

सम्बन्धित सामाग्री