कांग्रेसको १४ औं महाधिबेशनमा मतदान अधिकारसहितको प्रतिनिधित्व गराउन माग

 

तस्विर : गोविन्द भट्टराईको फेसवुकबाट

लण्डन। विदेशस्थित नेपाली काँग्रेसको संगठन नेपाली जनसम्पर्क समितिका ३३ देशका अध्यक्ष, पूर्व अध्यक्ष , महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु र सक्रिय सदस्यहरुले सभापति शेर बहादुर देउवालाई एक ज्ञापनपत्र बुझाएका छन् । विभिन्न ३३ देशका १३१ जना अगुवाहरुले कांग्रेसको जनसम्पर्क समिति विभागका प्रमुख गोविन्द भट्टराईमार्फत शुक्रवार सो ज्ञापनपत्र बुझाएका हुन् ।

बेलायतस्थित जनसम्पर्क समितिका सभापति युबराज गुरुङका अनुसार १३ औं महाधिबेशनमा जस्तै १४ औं महाधिबेशनमा पनि मतदानको अधिकारसहितको प्रतिनिधित्वको सुनिश्चितता गर्न र सम्पूर्ण देशका जनसम्पर्क समितिको अधिवेशन र विधानमा एकरुपताका लागि ज्ञापनपत्रमा आग्रह गरिएको छ।

ज्ञापनपत्रमा नेपाली काँग्रेसको पछिल्लो विधानप्रति ध्यानाकर्षण गराउँदै विदेशमा रहेका ७० लाख भन्दा बढी नेपालीबाट पनि नेपाली काँग्रेसमा प्रतिनिधित्वको व्यवस्था माग गरेका छन्। काँग्रेसको क्रियाशिल सदस्यता लिन, नविकरण गर्न तथा महाधिवेशनमा भाग लिन अनिवार्य नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने बाध्यता संसोधन गर्दै विदेशबाट कम्तिमा १ जना केन्द्रीय सदस्य सुनिश्चित गर्न पनि अनुरोध गरेका छन्।

ज्ञापनपत्र बुझ्दै पार्टी सभापति देउवाले विदेशमा रहेका कार्यकर्ताले उठाएको मागप्रति सकरात्मक रहेको बताउँदै आगामी केन्द्रीय समितिको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाएको देउबालाई उधृत गर्दै गुरुङले बताए।

यस्तो माग गर्नेहरुमा नेपाली काँग्रेसकाआमन्त्रीत केन्द्रीय सदस्य समेत रहेका जन सम्पर्क समितिका अध्यक्षहरु आनन्द विष्ट(अमेरिका) र बालकृष्ण पाण्डे(भारत) रहेका छन् । त्यसैगरि जन सम्पर्क समितिका अध्यक्षहरु युवराज गुरुङ(बेलायत), कृष्ण गिरी(अष्ट्रेलिया), विनोद घिमिरे(पोचुगल), प्रेमजंग गुरुङ(नेदरल्याण्ड), बुद्धिप्रकाश ओली(क्यानडा), लेखबहादुर गुरुङ(मकाउ), भवानी तिमिल्सिना(युएई), जितेन्द्र शाही (नर्वे), रोशन केसी(जापान), आस्था विन्दु मल्ल(कोरिया), सुदर्शन थापा(मकाउ), दिलबहादुर गुरुङ(जर्मनी), पूर्ण हमाल(पोर्चुगल), कुल आचार्य(बेलायत), खगेन्द्र जिसी(अमेरिका), जानकी गुरुङ(बेल्जियम), एकराज गिरी(स्पेन), हिक्मत थापा(अफ्रिका),राम थापा (बेल्जियम), गंगाधर गौतम(बेल्जियम), नरेन्द्र भाट(कतार), नविन थपलिया(स्विडेन), शुधिर राना(फ्रान्स), सीता अर्याल(साइप्रस), बुद्धि घिमिरे(न्युजिल्याण्ड), राजन चापागाई(इटाली, शंकर न्यौपाने(कतार), विरेन्द्र सिंह कार्की(डेनमार्क), राजनकुमार जमरकट्टेल(चीन), काबा लक्ष्मी सापकोटा(आयरल्याण्ड),

सन्देश केसी(माल्टा), बालकृष्ण सापकोटा(लक्जमबर्ग), धु्रवराज पौडेल(बेल्जियम), नारायण सुवेदी(जापान), गिरिराज कुँवर(कोरिया),प्रेम सापकोटा(अष्ट्रेलिया), बिमल सुवेदी(कतार), नारायण आचार्य(नेदरल्याण्ड), कुलप्रसाद गुरुङ(हङकङ), नविन पौडेल(डेनमार्क), लक्ष्मी सापकोटा(पोर्चुगल), सन्तोष घले (हङकङ), रामचन्दै पाठक(डेनमार्क), राम महतो(स्विटर्जरल्याण्ड), पुष्पराज भण्डारी(स्पेन), विनोद मोक्तान(बेलायत), त्रिलोचन सापकोटा(डेनमार्क), खेमराज बस्नेत(युएई),वसन्त श्रीनेत (हङकङ), लोकबहादुर गुरुङ(बेलायत), शरण केसी (जर्मनी), सालिकराम डुम्रे(स्पेन), जगत शाह (हङकङ), प्रविन शाही(नर्वे), निर्मल अर्याल(फ्रान्स), रामजीवि पन्त(इटाली), बलराम श्रेष्ठ (जापान), यमलाल सुवेदी(डेनमार्क), विजय मोक्तान(जर्मनी)रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका महासमिति र महाधिबेशन प्रतिनिधिहरु समेत छ। जसमा सुकराज न्यौपाने(आयरल्याण्ड), शशी पौडेल(नेदरल्याण्ड), विश्व आदर्श पण्डित(बेलायत), हरिबोल भण्डारी(अमेरिका), विज्ञान प्रसाई(बेलायत), वेदप्रसाद खरेल(अमेरिका), महेश श्रेष्ठ(जापान), चिरिन्जीवी थापा(जापान), सुभास गुरुङ(बेल्जियम), सालिकराम गौतम(नेदरल्याण्ड), हेमराज भट्ट(अमेरिका), कमल पन्थी(बेल्जियम), सुभाष लोहनी(जापान), विष्णु रिजाल(स्पेन), बलिराम झा(बेल्जियम), निल थपलिया(अष्ट्रेलिया), चिजकुमार तामाङ(पोर्चुगल), शुसिल शर्मा(पोर्चुगल), भानु सापकोटा(पोर्चुगल), शंकर डाँगी(जर्मनी), जितु उपाध्याय(कोरिया), विनोद थापा(मलेसिया),

अर्जुन काफ्ले(स्पेन), जितेन्द्र महतो(कोरिया), काजी गुरुङ(हङकङ), टंक लम्साल(जर्मनी), धर्म श्रेष्ठ(अमेरिका), बुद्धि सापकोटा(डेनमार्क), कमल गौतम(मलेसिया), महेश दाहाल(बेलायत), उल्का घिमिरे(बेल्जियम), केशव बराल(अमेरिका), सोम सापकोटा(माल्टा), जीवन कुँवर(अष्ट्रिया), दिपीका भुसाल(इजरायल), भवानी तिवारी(अष्ट्रिया), अनु थापा(इजरायल), दिनेश भण्डारी(बेल्जियम), नारायण चालिसे(पोल्याण्ड), चेतप्रसाद पौडेल(अमेरिका), चन्दै अधिकारी(क्यानडा), सुरेश गुरुङ(अष्ट्रेलिया), नारायण गुरुङ(लम्जम्बर्ग), इन्द्रराज अधिकारी(भारत), गौतम दाहाल(अमेरिका), बिमला भट्ट(इटाली), आर.के त्रिपाठी(बेलायत), हरि खत्री(लक्जम्बर्ग), शैलेन्दै अधिकारी ‘शैलु’, रोहित खड्का(अष्ट्रेलिया), गणेश खड्का(सेसल्स), कृष्णदक्त भट्ट(केन्या), मन थापा(नाइजेरिया), सुरेन्द्र प्रधान (जर्मनी) र विजन भट्ट(बेलायत) रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री