सगरमाथा गोरखा नेपाली कम्युनिटीद्वारा एनएचएसलाई सहयोग

लण्डन । आसफोर्ड केन्टस्थित सगरमाथा गोर्खा नेपलिज कम्युनिटीले स्थानीय इष्ट केन्ट विलियम हार्भे अस्पताललाई सहयोग गरेको छ ।

कोरोनाको महामारीमा बेलामा आफ्नो ज्यानको बाजी लगाएर उपचारमा खट्नु हुने राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरुलाई प्रोत्साहन मिलोस् भनेर समाजले आफ्ना सदस्यहरुबाट संकलित ६ हजार १२९ पाउण्ड ६ पेन्स सहयोग आज हस्तान्तरण गरेको हो ।

कम्युनिटीका अध्यक्ष चक्रबहादुर राईले एक कार्यक्रमका बीच इष्ट केन्ट हस्पिटल्स युनिभर्सिटी एनएचएस फाउण्डेसन ट्रष्टका प्रमुख कार्यकारी सुसन आकोटलाई सो रकम हस्तान्तरण गरे । अध्यक्ष राईले महामारीको असाध्यै अफ्ठेरो बेलाा पनि विलियम हार्भे अस्पतालका कर्मचारीहरुले देखाएको सेवाका लागि धन्यवाद दिए ।

नेपाली समुदायका सदस्यहरु अस्पतालका विभिन्न सेवामा रहेको र उनीहरुले यस्तो विपत्तिको बेलामा उनीहरुले पुर्याएको योगदानका कारण आफूलाई गौरव लागेको उनले बताए । सहयोग हस्तान्तरण समारोह आयोजना गर्नमा सहयोग पुर्याएकोमा डा. प्रदीप बस्नेतलाई समेत उनले धन्यवाद दिए ।

समाजले सहयोग संकलनका लागि उपाध्यक्ष डम्बर सिंगकको संयोजकत्वमा सचिव रामप्रसाद लिम्बु, कोषाध्यक्ष मोहन लिम्बु, सदस्यहरुमा पोपीराज राई, श्रीमती बसुन्धरा राई, जीव पाण्डे, शिखर लिम्बु रहेको समिति गठन गरिएको थियो ।

अध्यक्ष राईले आस्फोर्ड बप्टिष्ट चर्च नेपलिज फेलोसिप बसिमाया लिम्बु, आमाबुबा लिमिटेड, एभरेष्ट इनका जीव पाण्डे लगायत सबैलाई धन्यवाद दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री