बेलायतमा अलपत्र १४६ नेपाली नेपाल उडे

लण्डन । कोरोनाको महामारीका कारण बेलायतमा अलपत्र परेका १४६ जना नेपाली आज नेपाल फर्केका छन्।

नेपाली दुताबास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार आज उनीहरु लण्डन ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर फ्लाइटमार्फत नेपाल प्रस्थान गरेका हुन्।

जजिरा एयरलाइन्समार्फत उनीहरु कुवेत हुँदै नेपाल फर्कँदै छन् ।

पहिलो चरणमा आज १५८ जनालाई नेपाल पठाउने भनिए पनि विमानस्थलमा १४६ जना मात्र पुगेका थिए । उनीहरुलाई विदाई गर्न विमानस्थलमा बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पूनम गुरुङ र उपनियोग प्रमुख आरन लगायत पुगेका थिए ।

नेपाल सरकारले बेलायतबाट दुई चरणमा यहाँ अड्किएका नेपालीहरुको उद्धार गर्दैछ । दोस्रो चरणमा शुक्रबार अर्को उडान नेपाल जाने योजना छ । दुताबासका प्रवक्ता आरनले दोस्रो फ्लाइटमा रहेका नेपालीहरुलाई हवाई टिकट काट्न अनुरोध गरेका छन् ।

नेपाली दुताबास तथा गैरआवासीय नेपाली संघमार्फत करिब ४५० नेपालीहरुले नेपाल फर्कन इच्छा व्यक्त गरेका थिए । तर पछिल्लो समयमा भने एकतिहाइले नेपाल फर्कने मनसाय त्यागेका छन् ।

तस्वीरहरु शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री