पोर्चुगलमा हराएका सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिए

लिस्बन । पोर्चुगलको राजाधानी लिस्बोनबाट गत जुन १७ तारिख देखि हराइ रहेका सिद्दान्त गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले आज जानकारी गराएको छ । प्रहरीका अनुसार सोही दिन राति करिब २२:३० बजे लिस्बनको ओरियन्तको नदीमा आफ्नो मोबाईल खसेकोले उक्त मोबाईल झिक्न ज्याकेट खोलेर नदीमा हाम्फालेको र प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उद्दार गरेर बाहिर निकाल्दा सम्म सिद्दान्तको प्राण गै सकेको थियो ।

शब पोस्टमार्टमका लागि लिस्बनको मार्तिमुनिजको साओ जोसे हस्पिटलमा राखिएको छ । अदालती प्रकृया पुरा गरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले आफ्नो फेसबुक वाल मार्फत जनाएका छन् । १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका सिद्धान्त गुरुङ ८ दिन पछि मृत अवस्थामा फेला परेका छन ।

गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए। नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आईरहेका थिए । गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त लगायत सबैतिर सोधपुछ गरेका थिए। कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए।

८ औं दिनपछि पोर्चुगल प्रहरीले गुरुङ मृत अवस्थामा फेला परेको जानकारी दिएको छ। गुरुङको शव पोस्टमार्टमका लागि पोर्चुगलको मार्तिमुनिजमा रहेको साओ जोसे हस्पिटलमा राखिएको छ । लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु स्तब्ध बनेको छ । सन् २०१० देखि हालसम्म पोर्चुगलमा विभिन्न कारणले ३७ नेपालीहरुले आफ्नो ज्यान गुमाइ सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री