गुल्मी जिल्ला समाज यूकेद्वारा जिल्लाका स्वास्थ्य संस्थाहरुलाई पीपीई सहयोग

तस्बिर :जनार्दन घिमिरे

लन्डन ।बेलायतस्थित गुल्मी जिल्ला समाज यूकेले कोरोना भाइरस सक्रमणबाट जोगाउन गुल्मी जिल्लाका सबै स्वास्थ्य केन्द्रलाई तथा जिल्लाका अस्पताललाई पीपीई सहयोग गरेको छ ।समाजले ७ लाख ५० हजार रुपैयाँ पर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण पीपीई पठाएको हो । समाजले बिहिबार दिउसो गुल्मीको सदरमुकाम तम्घास स्थित जिल्ला कार्यालयका प्रमुख जिल्ला अधिकारी भरत शर्मा द्वारा गुल्मीस्थित सम्पूर्ण स्वास्थ्य केन्द्रमा बिभिन्न क्वारेन्टाइन सेन्टरलाई पीपीई र कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा समाजका आजिबन सदस्य लक्ष्मण गौतम गुल्मी पुगेका छन् ।

यस अघि समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको कार्यसमितिको भर्चुअल बैठकले कोरोना महामारीको संक्रमण रोक्ने प्रयासमा पीपीई सहयोग गर्ने निर्णय गरेको थियो । बैठकले सहयोगका लागि संयोजन गर्न समाजका अध्यक्ष पल्लीको संयोजकत्वमा एक समिति समेत गठन गरेको थियो । समितिमा महासचिव बिर बलाल र कार्यसमिति सदस्यहरु राधा खरेल, मुकुन्द खरेल, भिम खनाल र बाबुराम भण्डारी सदस्य छन् ।जनस्वास्थ्य कार्यालय गुल्मीसंगको समन्वयमा जिल्लाका सबै क्षेत्रस्थित स्वास्थ्य केन्द्रमा सहयोग गरिएको समाजका महासचिव बलालले
बताए ।

यस आघि पीपीई सहयोगका लागि आवश्यक कोष जुटाउनको लागि समाजका उपाध्यक्ष तारानाथ भण्डारीको संयोजकत्वमा कोष संकलन समिति गठन गरिएको थियो । समितिमा मिडिया संयोजन सम्बन्धी जिम्मा सचिव मञ्जु भण्डारी,कोषाध्यक्ष वरुण भण्डारी तथा कार्यसमिति सदस्यहरु महलाल शर्मा, भोजराज भण्डारी र कमला भण्डारीलाई सदस्य राखिएको हो ।

यसअघि गुल्मी जिल्ला समाजले आपतकालीन कोष स्थापनाका लागि गर्ने भनिएको च्यारिटी कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । सोहि च्यारिटी कार्यक्रमको लागि शुरु गरिएको आर्थिक संकलन अभियानलाई निरन्तरता दिंदै अब कोरोना सहयोग अभियानलाई सहयोग जुटाइको हो । समाजका अध्यक्ष टोप पल्लीले समाजको पहलमा रकम जम्मा गरेर समाजले आफ्नो गृहजिल्ला लाई कोरोना महामारीका बेला सक्दो सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

महामारीका बेला जिल्लाबासीको स्वास्थ्य सुरक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीहरुको निम्ति पीपीई खरिदका लागि समाजले शुरु गरेको अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद दिए । नेपालको गुल्मी जिल्लामा घर भई बेलायतमा बसोवास गर्दै आईरहेका नेपालीहरुले सन २००७ मा संस्थापक अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षता गुल्मी जिल्ला समाज यूकेको स्थापना गरेर यस्तै कार्य गर्दै आईरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री