के के खुल्दैछन् भोलिदेखि इङ्ल्याण्डमा ?
लण्डन । कोरोना भाइरसका कारण इंग्ल्याण्डमा बन्द भएका धेरै व्यवसायहरु भोलिदेखि खुल्दैछन् ।
तर त्यस्ता व्यवसायले कोभिड१९ बाट सुरक्षित रहने उपायहरु भने अपनाउनुपर्ने छ । सरकारका अनुसार शनिबारदेखि निम्न व्यवसायलाई खोल्न अनुमति दिइएको छ ।
- होटल, होस्टल, बेड एण्ड ब्रेकफाष्ट, होलिडे अपार्टमेन्ट र घर, क्यापिङ साइटहरु, क्याराभान पार्कहरु र बोर्डिङ घरहरु
- प्रार्थना गर्ने ठाउँहरु
- पुस्तकालयहरु
- सामुदायिक केन्द्रहरु
- रेष्टुरेन्ट, क्याफे, कार्यस्थलका क्यान्टिनहरु, बारहरु, पबहरु
- हेयर सैलुनहरु, बार्बर सपहरु, कपाल काट्ने घुम्ती पसलहरु
- चलचित्र घरहरु
- थियटरहरु, कन्सर्ट हलहरु
- थिम पार्कहरु, साहसिक कार्यका लागि खोलिएका उद्यानहरु
- बाह्य जिमखाना र खेल मैदानहरु
- संग्रहालय र अभिलेखालयहरु
- बिंगो हलहरु
- बाह्य स्केटिङ रिन्कहरु
- मनोरन्जन केन्द्रहरु
- नमूना ग्रामहरु
- सोसल क्लवहरु
- आक्वारिम, चिडियाखाना, सफारी पार्कहरु, वन्यजन्तु केन्द्रहरु
- पुरात्वात्विक स्थानहरु, बगैँचाहरु, फिल्म स्टूडियोहरु
के के खुल्ने छैनन् ?
- नाइट क्लवहरु
- क्यासिनोहरु
- बलिङ र इन्डोर स्केटिङ रिन्कहरु
- इन्डोर खेल स्थलहरु
- स्पाहरु
- नेल बारहरु, ब्यूटी सैलुनहरु, ट्यानिङ सैलुनहरु
- मसाज, ट्याटु र पिअर्सिङ पार्लरहरु
- इन्डोर व्यायाम शालाहरु, नृत्य केन्द्रहरु, जीमखाना
- पौडी पोखरीहरु, जलक्रिडास्थलहरु
- प्रदर्शनी केन्द्रहरु, सभा हलहरु