नेपाली सेफहरुले सदस्यता लिँदा शुल्क तिर्नु नपर्ने

लण्डन । नेपाली सेफहरुको हकहित तथा संरक्षणका लागि खुलेको नेप्लिज सेफ एसोसिएसन यूकेले नि:शुल्क सदस्यता वितरण गर्ने भएको छ । गत सोमबार बेलायतमा बसेको भर्चुअल ‘जुम’ बैठकले कोरोनाको प्रभावमा परेका नेपाली सेफहरुलाई आर्थिक व्ययभार नपर्ने गरि नि:शुल्क सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष दधि आचार्यले जानकारी दिए ।

उनका अनुसार विगतमा सदस्यता शुल्क बापत न्यूनतम ५ पाउण्ड लिइरहेको एसोसिएसन यूकेले अबदेखि सदस्यता शुल्क नलिने निर्णय गरेको छ । सेफ एसोसिएसन यूकेले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यताको फारम भर्ने व्यवस्था समेत गरेको छ । आचार्यको अध्यक्षतामा बसेको  बैठकले अनलाईनमार्फत सदस्यताका लागि निवेदन दिन पनि नेपाली सेफहरुलाई आव्हान गरेको छ ।

“अब सेफ साथीहरुले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यका लागि फारम भर्न सक्नुहुनेछ,” अध्यक्ष आचार्यले भने । कोभिड -१९ का कारण बेलायत सरकारले जमघट र भेटघाटलाई निरुत्साहित गरेपछि अनलाईन माध्यमबाट धेरै कुराहरु भैरहेको सन्दर्भमा संस्थाको वेभसाइट संचालन ल्याइएको बताइन्छ ।

“कोभिड -१९ बाट आफू बच्नुहोस्, अरुलाई बाँच्न सहयोग गर्नुहोस् भन्ने मूल मन्त्र लिएर सेफ एसोसिएसन अघि बढी रहेकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन बैठकले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ” उनले भने । बैठकले कोभिड- १९ का कारण स्थगित गरिएको नेपाली पहिचानका खानासहितको फुड फेस्टिवललाई वर्तमान स्थितिमा सुधार आउने बित्तिकै गर्ने योजना बनाएको छ ।

http://यो लिंकमा गएर सदस्यता फारम भर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री