कोरोना संक्रमणको उच्च जोखिममा रहेका कामदारलाई लक्षण नदेखिए पनि परीक्षण गरिने

Photo: Gov.uk

लण्डन । बेलायतमा कोरोनाको संक्रमणको उच्च जोखिममा रहेका कामदारहरुलाई लक्षण नदेखिए पनि परीक्षण गरिने भएको छ ।

स्काइ न्युजका अनुसार यसरी परीक्षण गरिनेहरुमा ट्याक्सी चालकहरु, सरसफाइ कर्मचारीहरु, सुपरमार्केटका कर्मचारीहरु लगायत छन् ।

बेलायती स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिममा रहेका कामदारहरुबाट कोरोना परीक्षणको मागका बारेमा र उनीहरु कसरी कोरोनाबाट प्रभावित भइरहेका छन् भन्ने हेर्न चाहेको बताएको छ ।

व्यापारिक प्रतिष्ठानहरु ट्याक्सी व्यवसायको एडिसन ली, ब्रिटिश टेलिकम, माइटी, बुट्स लगायत आफ्ना कर्मचारीहरुलाई कोरोना परीक्षण गराउन सहमत भएको बताइएको छ ।

यसैगरी, ब्राडफोर्ड, न्यूहाम, ब्रेन्ट, ओल्डाम काउन्सिलले पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेका मानिसहरुको समूह बनाइ परीक्षण गराउने बताएका छन् ।

सरकारले ल्याएको ट्रेस एण्ड टेष्ट प्रणालीले कम मात्र मानिसहरुलाई समेटिरहेको समयमा सरकारको यो कदम आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री