पूर्व गोरखाहरुलाई भत्ता नदिने सरकारको निर्णयविरुद्ध गेसाे अदालतमा

लण्डन ।  विदेशी सरकारबाट नियमित रुपले निवृत्तीभरण पाइरहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णयबाट पूर्व गोरखाहरुको संविधानले ग्यारेन्टी गरेकाे हक हनन भएको दाबी गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले अदालत गुहारेको छ ।

गेसोका सभापति कृष्णकुमार राईले आज नेपाल सरकार, गृह मन्त्रालयलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

नेपाल सरकारको गृह मन्त्रीस्तरीय निर्णयबाट यही असार १७ गते सो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको बताइएको छ ।

नेपाल सरकारको सो निर्णयबाट बेलायती, भारतीय, सिँगापुर प्रहरीबाट अवकास पाइ हाल नेपालमा पेन्सन पाउँदै गरेका वृद्धवृद्धाहरु प्रभावित हुनेछन् र उनीहरुले नेपाल सरकारले दिने वृद्धभत्ता लगायतका अन्य सामाजिक सुरक्षा भत्ता पाउने छैनन् ।

सभापति राईले विदेशी सेनामा कार्य गरेका पूर्व गोरखा सैनिकहरुलाई सरकारको सो निर्णयले विभेद गरेकाे आरोप लगाए । उनले बेलायती सेना, भारतीय सेना र सिंगापुर प्रहरीका तर्फबाट सो मुद्दा दायर गरिएको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री