युकेमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या सच्याइयो

लण्डन । बेलायत सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या सच्याएको छ ।

सरकारले यसअघि सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट बेलायतमा निधन हुनेहरुको संख्या ४६ हजार ७०६ रहेकोमा सरकारले सच्याएपछि ४१ हजार ३२९ मा झरेको छ ।

स्वास्थ्य मन्त्री म्याट हानककले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको तथ्यांक संकलन विधिका बारेमा अनुसन्धान गर्न जनस्वास्थ्य इङल्याण्डलाई निर्देशन दिएका थिए ।

त्यसपछि इङल्याण्डमा कोरोना संक्रमण देखिएको २८ दिनभित्र मृत्यु भएमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको भनी गणना गर्ने नीति लिइयो ।

यसअघि एकपटक कोरोना संक्रमण भेटिएकाहरुको अन्य कारणहरुबाट मृत्यु भए पनि स्वत कोरोनाबाट मृत्यु भएको मानिन्थ्यो ।

उता स्कटल्याण्ड र वेल्समा भने यसअघि नै कोरोना संक्रमण भएको २८ दिनभित्र निधन भएमात्र कोरोनाका कारण निधन भएको भनी गणना गरिन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री