नेप्लिज पिपुल युकेको सहयोगमा कास्कीका मगर कलाकारलाई राहत

कास्की । नेप्लिज पिपुल युकेको विशेष पहलमा नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीले कोरोना र बाढीपहिरो प्रभावित ४४ जना मगर कलाकारहरुलाई आइतवार पोखरामा राहत वितरण गरेको छ।

पोखरा महानगरपालिका वडा नं. १० पोखरा रंगशाला अगाडि रहेको नेपाल मगर संघ कास्कीको भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य, पर्वतका पूर्व काग्रेस सभापति, पीएन क्याम्पसका पूर्व प्राध्यापक नवराज गुरुङले राहत कोरोना र बाढी पहिरो प्रभावित कलाकारहरुलाई राहत स्वरुप खाद्यान्न र नगद वितरण गर्नुभएको हो।

नेप्लिज पिपुल युकेका तर्फबाट विशेषगरी गोर्खा मिडिया प्रवन्ध निर्देशक, एभरेष्ट टाइम्स युकेका वरिष्ठ फोटो ग्राफर मिलन तमु संयोजन र कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पूर्व अध्यक्ष जेवरीलाल गुरुङ, समाजसेवी कुलराज गुरुङको पहलमा संकलित रकम प्रमुख अतिथि गुरुङले मगर साँस्कृतिक संघ कास्कीकी अध्यक्ष सरिता सारुमगरलाई १ लाख २५ हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले कोरोना र बाढीपिडितबाट प्रभावित मगर कलाकारहरुलाई देश विदेशका सहयोगीहरुको सहयोगमा  राहत वितरणका लागि नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की र सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले कोरोनाको कहरमा सरकार गर्नुपर्ने सहयोग गर्यो गरेन सबैले देखेकै छौं तर युकेबाट वरिष्ठ फोटो ग्राफर मिलन तमु, मेरो भाइ जेवारीलाल गुरुङ, कुल गुरुङ लगायतको पहल र हङकङबाट पुन मगर संघका अध्यक्ष हेम पुन लगायतको सहयोगले राष्ट्रको गहना कलाकारलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाँले कलाकार राष्ट्रको गहना भएको र उनीहरुको गीत संगीतले क्षतविक्षत मानसिकतालाई जोड्दै मान्छेलाई रोमाञ्चित र पिडा भुलाउने समेत गर्ने भएकोले कला, संगीतलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका पर्वतबाट महासमिति सदस्य मोहन गुरुङले कोरोनाको कहर र बाढी पहिरोबाट प्रभावित मगर कलाकारहरुलाई सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद र कार्यक्रम सपलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

राहत वितरणका लागि नेप्लिज पिपुल युकेको तर्फबाट पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष नेत्र आले, युके निवासी समाजसेवी कुलराज गुरुङ(युके), गोर्खा मिडिया प्रवन्ध निर्देशक, एभरेष्ट टाइम्स युकेका वरिष्ठ फोटो ग्राफर मिलन तमु, कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पुर्व अध्यक्ष जेवरीलाल गुरुङ, सहारा युकेका अमृत गुरुङ, दुर्लुङ समाज युकेका कोषाध्यक्ष बिकास रक गुरुङ, साहारा युकेका अध्यक्ष कुमार गुरुङ, मगर एशोसियसन युकेका पुर्व अध्यक्ष नेम थापा मगर, तमु धिं युकेका पुर्व अध्यक्ष ज्ञाम गुरुङ, युके निवासी लेख राना, शिला थापा, दिप ज्वेलर्स युकेका प्रवन्ध निर्देशक प्रेम विक, राम्चे समाज युकेका उपाध्यक्ष राम गुरुङ, दुर्लुङ समाज युकेका उपाध्यक्ष हर्क गुरुङ, एनआरएन युकेका पूर्व उपाध्यक्ष शेर सुनार, एनआरएन युकेका पूर्व अध्यक्ष योग कुमार फगामी, गोर्खा किचन युकेका प्रवन्ध निर्देशक भिम गुरुङ, गोर्खा ट्राभल युकेका प्रवन्ध निर्देशक दिलराज गुरुङ, नमस्ते एक्सप्रेस युकेका प्रवन्ध निर्देशक मदन राना, मगर एशोसियसन युकेका संरक्षक घन थापा, तमु धिं युकेका उपाध्यक्ष जुमकाजी गुरुङ, तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ, सनलिट हेयर एण्ड व्युटी सलुन युके र युके निवासी मथुरा देवी गुरुङ(दुर्लुङ)ले  सहयोग गर्नुभएको संयोजक मिलन तमुले जानकारी दिनुभयो।

युके लगायत हङकङबाट हेम पुन ३० हजार रुपैयाँ, देवेन्द्र राना(कतार) ५ हजार ५५५ रुपैयाँ, सरिता सारुमगर(अध्यक्ष, नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की) ५ हजार रुपैयाँ, दानबहादुर श्रीस(व्यवसायी) २ हजार ५ सय रुपैयाँ राहतका लागि उपलब्ध गराएको संघका सचिव सुरेश राना मगरले जानकारी दिनुभयो।

पोखरामा कोरोना संक्रमण वृद्धि भईरहेको अवस्थामा भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रम नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष सरिता सारु मगरको अध्यक्षता र सचिव सुरेश रानामगरको संचालनमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि गुरुङलाई फेटा र मायाको चिनोबाट सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री