तनहुँ समाज, चितवन समाज, कोल्मा बहाकोट र नेपाली समाज क्याट्रिकद्वारा शालिकका लागि सहयोग

लण्डन । तनहुँ समाज युकेले प्रथम गोरखा भिसी कुलवीर थापाको अल्डरसटमा बन्दै गरेको शालिकका लागि १ हजार १११ पाउण्ड सहयोग गरेको छ ।

समाजका अध्यक्ष लेख गुरुङले दिनुभएको जानकारीअनुसार सो सहयोग समाजका अध्यक्ष लेख गुरुङ, उपाध्यक्ष केशरबहादुर राना र कोषाध्यक्ष कृष्णबहादुर थापाले शनिबार शालिक निर्माणको अगुवाइ गरिरहेको ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष रामधन राईलाई हस्तान्तरण गरिएको छ ।

समाजले समाजका सदस्यहरुबाट सहयोग संकलन गरी सो रकम हस्तान्तरण गरेको हो ।

यसैगरी सो सालिकका लागि नेपाली गोरखा कम्युनिटी क्याट्रिकका अध्यक्ष बेनीकुमार गुरुङ र उनकी र श्रीमतीले १ हजार १११ पाउण्ड ११ पेन्स हस्तान्तरण गर्नुभएको छ ।

साथै, कोल्मा बहाकोट समाज युकेका तर्फबाट अध्यक्ष सुरेशकुमार गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, कोषाध्यक्ष महेन्द्र गुरुङले १ हजार १ पाउण्ड हस्तान्तरण गर्नुभएको छ भने चितवन परिवार युकेका तर्फबाट अध्यक्ष निशा शर्मा, सचिव धन सार्की र कोषाध्यक्ष भक्त क्षेत्रीले १ हजार १ पाउण्ड हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री