बेल्जियम र जर्मनी लागि राजदूत सिफारिस

बायाँबाट क्रमशः तापस अधिकारी, गेहेन्द्र राजभण्डारी

युरोप। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले जर्मनी र बेल्जियमका  लागि राजदूतहरु सिफारिस गरेको छ । परराष्ट्र श्रोतले मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिवहरु राजदूतमा सिफारिस भएको जनाएको छ ।

मंत्रिपरिषदले सिफारिस गरेका राजदूतहरुमा बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, जर्मनीका लागि रामकाजी खड्का र पाकिस्तानका लागि तापस अधिकारी सिफारिस गरेको छ । गेहेन्द्र राजभण्डारी यस अघि मस्को र टोकियोको नियोगमा काम गरिसकेका छन् । उनी ०७३ साउन १२ गते सहसचिवमा बढुवा भएका थिए । राजभण्डारी अहिले परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको रुपमा कार्यरत छन् ।

त्यस्तै तापस अधिकारीसँग न्यूयोर्क, कलकत्ता र टोकियोको नियोगमा काम गरेको अनुभव छ । उनी ०७३ फागुन १८मा सहसचिवमा बढुवा भएका हुन् । अधिकारी अहिले परराष्ट्र मन्त्रालयमै दक्षिणपूर्वी एशिया महाशाखा प्रमुख छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री