शेर्पाप्रति विभिन्न संघसंस्थाहरुद्वारा श्रद्धान्जली

स्व. शेर्पा

लण्डन । शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको सोमबार भएको निधनप्रति बेलायतस्थित संघसंस्थाहरुले श्रद्धान्जली व्यक्त गरेका छन ।
नेकपा निकट प्रवासी नेपाली एकता मंच यूकेका सचिव सुरेश गौतम, कांग्रेस निकट एनपिसिसि यूकेका अध्यक्ष यूवराज गुरुङ र शेर्पा संघलगायतका एक दर्जन भन्दा बढी संस्थाहरुले शेर्पाप्रति श्रद्धान्जली व्यक्ति गरेका हुन ।
पुरानो घर भोजपुर जिल्ला षडानन्द नगरपालिका र हाल बेलायतको आसफोर्डमा बसोवास गरिरहेका शेर्पा, शेर्पा संघ यूकेको अध्यक्ष थिए । शेर्पाको २४ अगष्ट सोमवार ५१ बर्षको उमेरमा  निधन भएको थियो ।

२११६८३६३ ब्रिटिश गोर्खा सैनिक शेर्पा कोरोना संक्रमित भएर विगत १३ जुलाईदेखि अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । केन्टस्थित विलियम हार्भे अस्पतालमा भर्ना भएका उनमा कोरोना पोजेटिभ देखिएको थियो । पछि सेन्ट्रल लण्डनस्थित सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो। केही महिनाअघि उनको सासुआमाको पनि निधन भएको थियो ।

शेर्पा संघ युकेको दोस्रो कार्यकाल अध्यक्ष पदमा उनी कार्यरत थिए । उनको पुर्ख्यौली घर भोजपुर जिल्ला षडानन्द नगरपालिका किमालुङ रहेको थियो । ३ छोरा र श्रीमतिसहित केन्टस्थित आसफोर्डमा बसोबास गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री