काँग्रेस महामन्त्री कोइरालालाई कोरोना सङ्क्रमण

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उहाँले आज परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उहाँका सहयोगी सुरज उप्रेतीले जानकारी दिनुभयो ।

महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेसनमा बस्नुभएको छ । साथै उहाँले आफूसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री