गुरुङ सोसाइटी केन्टको तमू ल्होसार यो वर्ष नहुने

लन्डन । केन्टबासी गुरुङहरुको संस्था गुरुङ सोसाइटी केन्टले यस वर्ष ल्होसार नमनाउने भएको छ ।
सन् २००८ देखि प्रत्येक वर्ष धुमधामसँग तमू ल्होसार कार्यक्रम मनाउँदै आएपनि यस वर्ष कोरोना महामारीका कारण स्थगित गर्नुपरेको महासचिव गोलमान गुरुङले जानकारी दिए ।
महासचिव गुरुङका अनुसार यसवर्षको ल्होसार कार्यक्रमका लागि फोल्कस्टनस्थित हकिङ्स कम्युनिटी सेन्टरमा हल समेत बुक गरिसकिएको थियो ।  हरेक वर्ष पुस १५ कै दिन अर्थात डिसेम्बर ३० तारिखका दिन आयोजना गरिने तमू ल्होसार कार्यक्रममा केन्टबासी गुरुङहरुको बाक्लो उपस्थिति रहने गरेको थियो । साथै अतिथिका रुपमा हकिङका मेयर, काउन्सिलरहरु, फोकस्टोनस्थित रोयल गोर्खा राइफल्सका गोर्खा मेजर अनि उच्च अधिकृतहरु साथै केन्टस्थित विभिन्न संघ, संस्था एवं समाजका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहने गरेको थियो ।
कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितिका कारण कार्यक्रम स्थगित गर्नुको कुनै विकल्प नभएको बताउँदै तमू समाज केन्टले आगामी वर्षको तमू ल्होसार भव्य रुपमा मनाउने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री