‘साइड इफेक्ट’ देखिएपछि अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोपको परीक्षण स्थगित

लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण स्थगित गरिएको छ ।

सो खोप दिइएको एक स्वयंसेवकमा सो खोपको असर देखिएपछि परीक्षण स्थगित गरिएको बीबीसीले बताएको छ ।

सो खोपको उत्पादनको जिम्मा पाएको आष्ट्राजेनिकाले खोप दिइएका व्यक्तिमा अनपेक्षित असर देखिएपछि अहिले परीक्षण रोकिएको बताएको छ ।

अक्सफोर्ड विश्वविद्यालयको खोपको विश्वभर चासो र चर्चा चलिरहँदा सो समाचार बाहिर आएको हो ।

सो खोपको पहिलो र दोस्रो चरणमा सफलतापूर्वक परीक्षण सम्पन्न भएपछि धेरै आशा गरिएको छ ।

सो खोपको तेस्रो चरणमा युके, अमेरिका र ब्राजिलमा करिब ३० हजार मानिसमा परीक्षण गरिएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री