बेलायतमा कोरोना संक्रमणको दर बढ्यो

लण्डन । पछिल्ला साताहरुमा बेलायतमा कोरोना भाइरसको संक्रमण बढेको एक अध्ययनले देखाएको छ ।

युकेका १ लाख ५० हजार मानिसहरुमा गरिएको अध्ययनले कोरोना भाइरसको संक्रमण दर (आर नम्बर) १ देखि १.२ प्रतिशत पुगेको आँकलन गरेको छ । बेलायत सरकारले सो दर १ भन्दा मुनी राख्न हरतरहले कोसिस गर्दैआएको छ ।

सो अध्ययनले संक्रमण सातदेखि आठ दिनमा दोब्बर हुँदै बढिरहेको पनि पुष्टी गरेको छ । इङल्याण्डको उत्तरी भागमा संक्रमण बढी फैलिएको र युवाहरु धेरै संक्रमित रहेको पनि अध्ययनले देखाएको छ । तथापि भाइरस गत अप्रिलको दाँजोमा तल्लो तहमै रहेको बताइएको छ ।

सरकारले संक्रमण बढ्न थालेपछि यही सोमबारदेखि नयाँ नियम लागू गरेको छ ।

भाइरसको संक्रमण मे महिनादेखि घट्न थालेको थियो । तर अगष्ट अन्त्य तथा सेप्टेम्बरको शुरुआतदेखि नै संक्रमण फैलन थालेको छ ।

इम्पेरियल कलेज लण्डनका प्रोफेसर पल इलियटले तथ्यांकहरुले कोरोना भाइरसको संक्रमणक दर चिन्ताजनक भएको र की वर्करमा मात्र सीमित नरहेको बताए । संक्रमणको संख्या बढ्नुमा भाइरस समुदाय स्तरमा फैलिएको पनि उनको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री