लण्डन । कोरोना भाइरसको संक्रमण बढेपछि बेलायतको दोस्रो ठूलो शहर बर्मिङहाममा अर्को घरका मानिसहरुसितको भेटघाटमा प्रतिवन्ध लगाइएको छ ।
बीबीसीका अनुसार सो क्षेत्रका स्थानीय काउन्सिलका नेताहरुको बैठकले मंगलबारदेखि त्यस्ता भेटघाट निषेध गर्ने निर्णय गरेका हुन् ।
वेष्ट मिडल्याण्डका मेयर एण्डी स्ट्रिटले बर्मिङहाम क्षेत्र आफ्नो घरबाहिरका मानिसहरुसित भेटघाटमा प्रतिबन्ध लगाइएको बताए ।
वर्मिङहाम क्षेत्र अहिले बोल्टोनपछि सबैभन्दा धेरै संक्रमित क्षेत्र बनेको छ । बर्मिङहाम क्षेत्रमा लगाइएको प्रतिवन्ध नजकका स्याण्डवेल र सोलिहलमा पनि विस्तार गरिएको छ ।
बीबीसीका अनुसार बर्मिङहाममा सेप्टेम्बर ७ मा संक्रमण दर एक लाख जनामा ८५ दशमलब ४ रहेको छ । एक साताअघि सो संख्या ५३ को हाराहारीमा थियो ।