बेलायतमा चार महिनायताकै धेरै संक्रमित

corona

लण्डन । बेलायतमा कोरोना संक्रमण बढेर चार महिना यताकै उच्च विन्दूमा पुगेको छ ।

दैनिक संक्रमणको तथ्यांकअनुसार शुक्रबार गत चार महिनायताकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका छन् । शुक्रबार युकेमा ३ हजार ५३९ नयाँ संक्रमित भेटिएका छन् । जबकि विहीबार सो संख्या २ हजार ९१९ रहेको थियो आजको संख्या हिजोको भन्दा आजको संक्रमित संख्या  ६२० जनाले बढी छ । । नयाँ संक्रमितहरुमा इङल्याण्डमा ३ हजार १४३, स्कटल्याण्डमा १७५, वेल्समा १३३ र नर्देन आयरल्याण्डमा ८८ जना छन्  ।

यसअघि गत १७ मेमा बेलायतमा ३ हजार ५६२ संक्रमित पाइएका थिए ।

यसैगरी शुक्रबार ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट युकेमा ज्यान गुमाउनेको संख्या ४१ हजार ६१४ पुगेको छ ।

जनस्वास्थ्य इङल्याण्डकी भेट डोयलले संक्रमण युवाहरुमा मात्र सीमित नरहेको, वृद्धहरु र  जोखिममा रहेका समूहसित समेत फैलिएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री