अक्सफोर्ड युनिभर्सिटीको कोरोनाविरुद्धको खोप परीक्षण पुन शुरु

लण्डन । परीक्षणमा सहभागी एक स्वयंसेवकमा स्वास्थ्य समस्या देखिएपछि रोकिएको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाविरुद्धको खोपको परीक्षण पुन शुरु भएको छ ।

बेलायतको मेडिसिन हेल्थ रेगुलेटरी अथोरिटीले परीक्षण अघि बढाउन सुरक्षित रहेको बताएपछि सो खोपको परीक्षण सुचारु भएको हो ।

अक्सफोर्ड विश्वविद्यालयले विज्ञप्ति प्रकाशित गर्दै सो खोपको परीक्षण युकेभर पुन शुरु हुने बताएको छ ।

विश्वभर १८ हजार मानिसहरुलाई सो खोप हालसम्म दिइएकोमा कोही कोहीमा अस्वस्थता देखिनु स्वाभाविक भएको र हरेक समस्यालाई होसियारीपूर्वक मूल्याङ्कन गरी खोपको सुरक्षा प्रत्याभूत गराइने विज्ञप्तिमा बताइएको छ ।

सो खोप लगाएको एक ब्रिटिश नागरिकमा स्वास्थ्य समस्या देखिएपछि सो खोपको परीक्षण रोकी स्वयंसेवकहरुको सुरक्षाका बारेमा निस्पक्ष छानविन समिति बनाइएको थियो भने राष्ट्रिय नियामक संस्थाले पनि अनुसन्धान गरेको थियो । सो अनुसन्धानबाट सो खोपको परीक्षण पुन शुरु गर्न सिफारिस गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री