गाईले हानेर शिक्षकको मृत्यु

तस्वीर बीबीसी

लण्डन । नेपालमा यदाकदा यस्तो समाचार सुनिन्थ्यो तर बेलायतजस्तो विकसित र सम्भावित जोखिमलाई हेरेर योजना बनाउने मुलुकमा पनि यस्तो हुँदोरहेछ ।
घटना सोमबार साँझ नर्थ योर्कसायरको हो । डेभ क्लार्क हिँडिरहेको बेला गाईहरुको आक्रमणमा पर्दा मारिएका छन् । उनी स्थनीय रिचमण्ड स्कुलका उपप्रधानाध्यापक थिए ।
उनीप्रति समर्पण गर्दै प्रधानाध्यापक जेन्ना पोटरले डेभ रिचमण्ड स्कुलको प्राण र आत्मा भएको बताएकी छिन् । उनले यस दुखद घडीमा उनको परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।
नर्थ योर्कसायर प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरी प्रवक्ताका अनुसार करिब ५० वर्षका मानिस गाईको आक्रमणबाट घाइते भएकाे भन्दै प्रहरीलाई बोलाइएको थियो । पारामेडिकहरुले घटनास्थलमा उनको उपचार गरेका थिए तर उनको सोही स्थानमा निधन भएको थियो
सो घटनाका बारेमा स्वास्थ्य र सुरक्षा अधिकारीहरुलाई जानकारी गराइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री