बेलायतमा अर्को सातादेखि स्टेट पेन्सन पाउने उमेर बढ्दै

तस्वीर दिसइजमनी

लण्डन । बेलायतमा अर्को सातादेखि स्टेट पेन्सन पाउने उमेर वृद्धि हुँदैछ ।

अक्टोबर ६ तारिखदेखि ६६ वर्ष पुगेपछि मात्र स्टेट पेन्सन पाउने गरी नियम परिवर्तन हुँदैछ ।

परिवर्तित नियमअनुसार ५ अक्टोबर १९५४ यता जन्मेकाहरुले स्टेट पेन्सन पाउन ६६ वर्षसम्म कुर्न पर्नेछ ।

महिला तथा पुरुष दुवैका लागि स्टेट पेन्सन पाउने एउटै उमेर तोकिएको छ । यसअघि सन् २०१०मा स्टेट पेन्सन पाउनका लागि महिलाका लागि ६० वर्ष र पुरुषका लागि उमेर तोकिएको थियो । त्यसलाई सन् २०१८ मा महिलाहरुका लागि स्टेट पेन्सन पाउने उमेर ६५ वर्ष बनाइएको थियो । सोको विरुद्ध महिलाहरु अदालतमा गएका थिए तर अदालतले सरकारकै निर्णयलाई मान्यता दिएको थियो ।

मानिसहरुको ओैसत आयु वृद्धि भएसँगै स्टेट पेन्सन पाउने उमेर पनि परिवर्तन हुँदैछ । सन् २०२८ मा ६७ वर्ष र सन् २०३८ मा ६८ वर्ष बनाउने प्रस्ताव गरिएको छ ।

बेलायतको न्याशनल इन्स्योरेन्समा १० वर्ष योगदान गरेकाहरु स्टेट पेन्सन पाउने उमेर पुगेपछि सो पेन्सन पाउन योग्य ठहरिन्छन् ।

बेलायतमा सन् १९४८ देखि स्टेट पेन्सन प्रचलनमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री